क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश
काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ।
टोरन्टो स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलको इन्जुरी समयमा गोन्कालो रामोसले गोल गरेपछि पोर्चुगलले नाटकीय जित दर्ता गरेको हो।
खेलको सुरुवातदेखि नै बलमाथि नियन्त्रण बनाए पनि पोर्चुगलले सुरुवाती अग्रता भने गुमाएको थियो। ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–० को अग्रता दिलाएका थिए।
एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले लगातार आक्रमण बुन्यो। खेलको ६८औं मिनेटमा प्राप्त पेनाल्टीलाई कप्तान क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।
खेलमा मुख्य मोड तब आयो जब प्रशिक्षक रोबर्टो मार्टिनेजले ८१औं मिनेटमा कप्तान रोनाल्डोलाई मैदानबाट बाहिर बोलाए। रोनाल्डो निराश हुँदै बेन्चमा फर्किए पनि उनको स्थानमा आएका खेलाडीहरूको प्रभाव मैदानमा देखियो। १० मिनेटको इन्जुरी समय थपिएकोमा ९४औं मिनेटमा राफेल लियोको उत्कृष्ट क्रसमा गोन्कालो रामोसले सानदार हेडरमार्फत गोल गर्दै पोर्चुगललाई जित दिलाए।
अन्तिम समयमा गोल खाएपछि क्रोएसियाली खेलाडी र समर्थकहरू स्तब्ध बनेका थिए। रोनाल्डो मैदान बाहिर भए पनि रामोसको गोलपछि उनी मैदानभित्रै पुगेर साथीहरूसँग खुसी साटेका थिए। यो जितसँगै पोर्चुगलले अब प्रिक्वार्टरफाइनलमा बलियो प्रतिद्वन्द्वी स्पेनको सामना गर्ने पक्का भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
-
‘दर्शकहरू समसामयिक र आफूसँग मिल्दो विषयमा बढी हाँस्छन्’
-
४१ वर्षको उमेरमा रोनाल्डोको नयाँ कीर्तिमान
-
अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २–० को अग्रता
-
६ जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दिवङ्गत डियोगो जोटाको जर्सी पहिरिँदै जब क्रिस्टियानो रोनाल्डो भावुक बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण