पुनर्निर्माण कोषमा १० हजार सहयोग गर्नेलाई अर्थ मन्त्रालयले कदरपत्र प्रदान गर्ने
काठमाडौँ । सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र दिने भएको छ ।
अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यसरी योगदान गर्नेहरूका लागि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले हस्ताक्षर गरेको धन्यवाद ज्ञापन प्रमाणपत्र तयार पारिएको समेत मन्त्रालयले जनाएको छ ।
आन्दोलनबाट प्रभावित संरचनाहरूको पुनर्निर्माण, राहत तथा पुनर्स्थापनाका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार रुपैयाँभन्दा बढी योगदान गर्ने व्यक्ति तथा संस्थाहरूका लागि मन्त्रालयले कदर पत्र तयार गरेको हो । उक्त सम्मान वा धन्यवाद ज्ञापन प्रमाणपत्रमा अर्थमन्त्रीको हस्ताक्षर रहेको छ ।
मन्त्रालयद्वारा जारी सूचना अनुसार, कतिपय योगदानकर्ताहरूको स्पष्ट ठेगाना र फोन नम्बर उपलब्ध नभएका कारण उक्त प्रमाणपत्रहरू सम्बन्धित व्यक्ति वा संस्थासम्म पुर्याउन कठिनाइ भएको छ ।
यसर्थ, १० हजार रुपैयाँभन्दा बढी योगदान गर्ने इच्छुक दाताहरूलाई सिंहदरबारस्थित अर्थ मन्त्रालयको जिन्सी शाखामा सम्पर्क राखी आफ्नो प्रमाणपत्र प्राप्त गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण