१४ महिनादेखि प्रमुख निर्वाचन आयुक्त पद रिक्त
सारांश
- सरकारले १४ महिनादेखि प्रमुख निर्वाचन आयुक्तविहीन रहेको निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र अर्का एक आयुक्त नियुक्तिका लागि तयारी गरेको छ ।
- शुक्रवार बस्ने संवैधानिक परिषद् बैठकले प्रमुख निर्वाचन आयुक्त नियुक्तिबारे छलफल गरी आवश्यक निर्णय गर्नेछ ।
- यसअघिका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अवकाशपछि वरिष्ठ आयुक्त रामप्रसाद भण्डारीले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
काठमाडौँ । सरकारले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि तयारी गरेको छ ।
शुक्रवार बस्ने संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरिने सिफारिसबारे छलफल र आवश्यक निर्णय गर्ने प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए । सोहीअनुसार बैठकमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिबारे पनि छलफल हुन लागेको हो ।
निर्वाचन आयोग १४ महिनादेखि प्रमुख निर्वाचन आयुक्तविहीन हुँदै आएको छ । अब भने सरकारले प्रमुख निर्वाचन आयुक्त र अर्का एक आयुक्त पनि नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको बुझिएको छ ।
यसअघिका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ६ बर्से कार्यकाल पूरा गरी गत वर्ष (२०८२ साल वैशाख ५) अवकाश पाएसँगै आयोग कार्यवाहक आयुक्तको भरमा चलेको थियो ।
थपलियाको अवकाशपछि वरिष्ठ आयुक्त रामप्रसाद भण्डारीले कार्यवाहकको जिम्मेवारी पाएका थिए । थपलिया भन्दा अघि आयुक्त ईश्वर पौड्यालले २०७९ फागुनमा अवकाश पाएका थिए ।
उनको ठाउँमा पनि अर्का आयुक्त नियुक्त गरिएको छैन । रामप्रसाद भण्डारीले कार्यवाहककै हैसियतमा गत फागुन २१ गतेको निर्वाचन सफल ढंगले सम्पन्न गरेका थिए ।
संविधान अनुसार निर्वाचन आयोगमा प्रमुखसहित बढीमा ५ जना आयुक्त रहने व्यवस्था छ । हाल आयोगमा कार्यबहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू जानकी तुलाधर र सगुन शम्शेर राणामात्र रहेका छन् ।
उसो त नेपालमा ३ जना आयुक्त भएपनि चल्न सक्ने बहस समेत बेला बेलामा हुने गरेको छ । तर विगतका सरकारले कोटा पुर्याउन पाँच जना आयुक्तहरू नियुक्ति गर्ने गरेका थिए । छिमेकी मुलुक भारतमा समेत ३ जना आयुक्तबाटै निर्वाचन गराइँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–भोटिङ मेसिनमाथि प्रश्न उठेपछि राम लक्ष्मणको ५ बुँदे प्रष्टीकरण
-
विमानस्थलबाट अवैध गुट्खासहित पाकिस्तानी नागरिक पक्राउ
-
सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष युवा खेलाडीको उपाधि विक्रमनाथलाई
-
खुला प्रतिस्पर्धाबाट नियुक्त कर्मचारीको ज्येष्ठता नियुक्ति पाएको मितिबाटै कायम हुने
-
बजेटमा लगानी, नीति र कार्यक्रमबिच तालमेल देखिएन : रामकुमारी झाक्री
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : पुरुषमा अशोक भण्डारी र महिलामा पूजा साउँद ‘सुदूरपश्चिम आइकन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण