शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एआईजी राठौरले सम्हाले उपत्यका प्रहरीको कार्यभार

शुक्रबार, १९ असार २०८३, १५ : ५५
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले काठमाडौँ उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका छन्। शुक्रबार राठौरले रानीपोखरी स्थित कार्यालयमा कार्यभार सम्हालेका हुन्।  

मन्त्रिपरिषद्ले बिहीबार ८ जना एआईजीहरूको सरुवा गरेको थियो। राठौर प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागबाट उपत्यका प्रहरी कार्यालयमा सरुवा भएका हुन्। उपत्यका मातहत काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा कमाण्ड गर्नुपर्ने जिम्मेवारी हुन्छ ।

उपत्यकामा कार्यरत ईश्वर कार्की मानवश्रोत विकाश विभागमा सरुवा भएका छन्। मन्त्रिपरिषद्ले सीआईबीमा कार्यरत एआईजी डा. मनोज केसीलाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ। सीआईबीमा उमा प्रसाद चतुर्वेदीलाई पठाइएको छ । चतुर्वेदी कार्य विभागमा कार्यरत थिए।

गृह मन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत सिद्धी विक्रम शाहलाई प्रदेश समन्वय विभाग र हिमालय कुमार श्रेष्ठलाई कार्य विभागमा सरुवा गरिएको छ । प्रदेश समन्वय विभागमा कार्यरत डम्बर बहादुर बिक प्रशासन विभागमा सरुवा भएका छन्।

मावनश्रोत विभागमा कार्यरत राजन अधिकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?