तालिम र गोष्ठीको बजेट काटेर किसानलाई राहत देऊ : रखाल
सारांश
- राष्ट्रिय सभा सांसद मिनासिंह रखालले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सरकारलाई सुझाव दिएकी छन्।
- उनले तालिम र गोष्ठीको बजेट काटेर किसानलाई राहत र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताइन्।
- सांसद रखालले किसानको हित प्रवर्द्धन हुने क्षेत्रमा बजेट केन्द्रित गर्न र रोजगारी सिर्जना गर्ने ठोस कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।
काठमाडौँ । नेकपा (एमाले) बाट राष्ट्रिय सभाकी सांसद मिनासिंह रखालले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सरकारलाई सुझाव दिएकी छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएकी हुन्।
सरकारले तालिम र गोष्ठीको नाममा विनियोजन गरेको बजेट किसानहरूलाई राहत दिने लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सांसद रखालको भनाइ थियो। उनले साधारण खर्च कटौती गर्न र किसानहरूको हित प्रवर्द्धन हुने क्षेत्रमा बजेट केन्द्रित गर्न पनि सरकारलाई सचेत गराइन्।
संसद्मा बोल्दै सांसद रखालले भनिन्, ‘किसान असुरक्षित छन्। यस्तो अवस्थामा तालिम र गोष्ठीमा बजेट खर्च गर्नु भन्दा पीडितलाई राहत, क्षतिपूर्ति, रोकथाम, संरक्षण र किसानहरूको उचित व्यवस्थापनमा बजेट केन्द्रित गर्नु आवश्यक छ। त्यसैले अनुत्पादक प्रशासनिक खर्च घटाई जनतामुखी बजेट विनियोजन गरियोस्। सरकारले साधारण खर्च कटौती गर्ने दाबी गरेको छ। तर यथार्थमा चालु खर्च अझै उच्च छ। किसानको उत्थानका कार्यक्रमहरू विगतको भन्दा पनि कम प्राथमिकतामा परेका छन्। सरकारले रोजगारीको अवसर सिर्जना हुने गरी कुनैपनि कार्यक्रम ल्याएको छैन।’
सांसद रखालले सरकारले रोजगारीको अवसर सिर्जना हुने क्षेत्रमा कुनैपनि खालको ठोस कार्यक्रम ल्याउन नसकेको जिकिर समेत गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–भोटिङ मेसिनमाथि प्रश्न उठेपछि राम लक्ष्मणको ५ बुँदे प्रष्टीकरण
-
विमानस्थलबाट अवैध गुट्खासहित पाकिस्तानी नागरिक पक्राउ
-
सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष युवा खेलाडीको उपाधि विक्रमनाथलाई
-
खुला प्रतिस्पर्धाबाट नियुक्त कर्मचारीको ज्येष्ठता नियुक्ति पाएको मितिबाटै कायम हुने
-
बजेटमा लगानी, नीति र कार्यक्रमबिच तालमेल देखिएन : रामकुमारी झाक्री
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : पुरुषमा अशोक भण्डारी र महिलामा पूजा साउँद ‘सुदूरपश्चिम आइकन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण