सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष युवा खेलाडीको उपाधि विक्रमनाथलाई
शुक्रबार, १९ असार २०८३, १७ : ०३
सारांश
- सातौँ एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड अन्तर्गत 'वर्ष युवा खेलाडी' विधाको उपाधि एथलेटिक्सका विक्रमनाथले जितेका छन्।
- यस विधाको उपाधिका लागि विक्रमनाथसँगै कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी सङ्गीता विक मनोनयनमा परेका थिए।
- अवार्ड प्राप्त गरेपछि विक्रम नाथले यस सम्मानले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिलेको बताए।
धनगढी । सातौँ एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड अन्तर्गत ‘वर्ष युवा खेलाडी’ विधाको उपाधि एथलेटिक्सका विक्रमनाथले जितेका छन् । यस विधामा एथलेटिक्सका विक्रम नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी सङ्गीता विक मनोनयनमा परेका थिए ।
विक्रम नाथले राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण पदक जितेका थिए। त्यस्तै, सुशील चुनाराले १८ वर्षको उमेरमै मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगितामा सुदूरपश्चिमलाई च्याम्पियन बनाउँदै टोलीको नेतृत्व गरेका थिए।
एथलेटिक्सकी सङ्गीता विकले राष्ट्रिय यु–२० कीर्तिमान कायम गर्नुका साथै एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाएकी थिइन्।
अवार्ड प्राप्त गरेपछि विक्रम नाथले खुसी व्यक्त गर्दै यस सम्मानले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले ‘राष्ट्रिय भेला’ बोलाउने
-
९२ वर्षको खडेरी तोड्ने इजिप्टको दाउ, अस्ट्रेलियालाई बलियो डिफेन्सको भर
-
देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने
-
मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण