सिरहामा गोली प्रहार गरी भारतीय लागुऔषध कारोबारी पक्राउ
- रामभरोसी यादव
सिरहा । सिरहामा प्रहरीले गोली चलाएर एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला निवासी अन्दाजी २४ वर्षीय अब्दुल कलाम रहेका छन् ।
खुट्टामा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
भारतसँग सिमाना जोडीएको सिरहाकाे नवराजपुर गाउँपालिका-४ स्थित लागुऔषध कारोबारको डिल भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरेको थियो । प्रहरीको सर्चको क्रममा लागुऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिरोध गरेपछि गोली चलेको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका कलामलाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ । उनको साथबाट प्रहरीले १ सय २२ .८ मिलि ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
सूचना अधिकारी पालका अनुसार उनीहरू दुई ओटा मोटर साइकलमा चार जना आएका थिए प्रहरीले गोली चलाउँदा ३ जना भने फरार भएका थिए । प्रहरीले घटनास्थलबाट दुई थान भारतीय नम्बर प्लेटकाे मोटर साइकल समेत बरामद गरेको जनाएको छ ।
उनीहरू भारत तर्फ नै भागेकाले जनाएको छ । सिरहामा केही दिन अघि पनि सिरहा प्रहरीले गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण