शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन

शुक्रबार, १९ असार २०८३, १९ : १६
शुक्रबार, १९ असार २०८३

ललितपुर । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन् ।

चौथो संस्करणको ९ चरण सम्पन्न चेस प्रतिस्पर्धामा छात्रतर्फ प्रलेश महर्जनले ८.५ अङ्कसहित प्रथम स्थान हासिल गरेका छन्। प्रलेशले सर्वोकृष्ट खेलाडी बन्दै आकर्षक ट्रफी, मेदल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

खेलमा आश्मायु कडेल ८ अङ्कका साथ दोस्रो तथा सुहङ्गेम लिम्बु ७.५ अङ्कका साथ तेस्रो भए। त्यस्तै रनिश श्रेष्ठ चौथो, हृदय श्रेष्ठ माकजु पाँचौँ, उनेश मगराती छैटौँ, अमुल्य श्रेष्ठ सातौँ, धर्मेश श्रेष्ठ आठौँ, विश्वास गुरुङ नवौँ तथा प्रिन्स पाण्डे दशौँ स्थानमा रहे।

यसैगरी छात्रातर्फ ७ चरणको खेलमा अभिव्यक्ति तामाङले शतप्रतिशत अंक जोड्दै उपाधि जितिन्। सुम्निमा राई ६ अङ्कसहित दोस्रो तथा दिया चापागाईं ६ अङ्कका साथ तेस्रो स्थानमा रहिन्।

क्रमशः ऋतिशा ओझा चौथो, प्रकृति बस्नेत पाँचौँ, आकांक्षा थापा छैटौँ, श्याम्यावी पौडेल सातौँ, प्रिशा यादव आठौँ, प्रिशा ढकाल नवौँ तथा बिरुजा रेग्मी दशौँ स्थानमा रहिन्।

लिटिल एञ्जल्स स्कुल डे बोर्डिङका प्रधानाध्यापक श्रीमती सरोज्ना राईले निरन्तर चौथो संस्करण बुद्धिचाल प्रतियोगिता आयोजना गरेर विद्यार्थीहरूमा तार्किक तथा विश्लेषणात्मक सोचको विकास, एकाग्रता र स्मरणशक्तिमा वृद्धि, समस्याको सहज समाधान र सही निर्णय लिने अद्वितीय क्षमता वृद्धि भएको बताएका छन्। 

सरोज्ना राईले धैर्यता, अनुशासन, दीर्घकालीन योजना बनाउने बानीले मस्तिष्कलाई सक्रिय बनाई गणित र पठन सीप जस्ता शैक्षिक क्षमतामा सकारात्मक प्रभाव स्पष्ट देखिएको बताए।

उनले कार्यक्रमको सफलता प्रमुख निर्णायक फिडे आर्विटर सोराज ताम्राकार, संयोजक विनोय कुमाइ, शिक्षिका राजश्री श्रेष्ठ, सिमा खड्कामा निहित रहेकोले बधाई ज्ञापन गरेका छन्। उनले स्कुलमा चेसको कक्षा सञ्चालन गरिने  जानकारी गराए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप