सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन

सोमबार, २२ असार २०८३, १६ : ४९
सोमबार, २२ असार २०८३

सारांश

  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन राजधानीमा सुरु भएको छ ।
  • अक्सनमा १५५ खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ, जसमध्येबाट विभिन्न फ्रेन्चाइज टोलीले ५२ खेलाडी अनुबन्ध गर्नेछन् ।
  • यसपटकको संस्करणदेखि प्रत्येक टोलीमा दुई नेपाली खेलाडी थपिने व्यवस्था लागू गरिएको छ ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत खेलाडी अक्सन सोमबार राजधानीमा सुरु भएको छ ।

NPL 3 auction_NPL (1)

अक्सनका लागि क्यानले अन्तिम छनोटमा परेका १५५ खेलाडीलाई तीन श्रेणीमा विभाजन गरेको छ । क्याटेगोरी ‘ए’ मा ५, ‘बी’ मा २७ र ‘सी’ मा १२३ खेलाडी रहेका छन् । अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीले ५२ खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गर्नेछन् ।

NPL 3 auction_NPL (2)

यसपटकको अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गराएका थिए । तीमध्येबाट छनोट गरी १५५ खेलाडीको अन्तिम सूची तयार गरिएको हो ।

एनपीएलको तेस्रो संस्करणदेखि प्रत्येक फ्रेन्चाइज टोलीमा दुईदुई नेपाली खेलाडी थप गरिने व्यवस्था लागू गरिएको छ । मार्की र ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडीसहित अब प्रत्येक टोलीमा १४ नेपाली खेलाडी रहनेछन् ।

NPL 3 auction_NPL (3)

राजधानीमा जारी अक्सनमा आठै फ्रेन्चाइज टोलीका प्रतिनिधि सहभागी छन् । उनीहरूले आफ्नो रणनीतिअनुसार खेलाडी छनोट गरिरहेका छन् ।

NPL 3 auction_NPL (4)NPL 3 auction_NPL (5)NPL 3 auction_NPL (6)NPL 3 auction_NPL (7)NPL 3 auction_NPL (8)NPL 3 auction_NPL (9)NPL 3 auction_NPL (10)NPL 3 auction_NPL (11)NPL 3 auction_NPL (12)NPL 3 auction_NPL (13)NPL 3 auction_NPL (14)NPL 3 auction_NPL (15)NPL 3 auction_NPL (16)NPL 3 auction_NPL (17)NPL 3 auction_NPL (18)NPL 3 auction_NPL (19)NPL 3 auction_NPL (20)NPL 3 auction_NPL (21)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप