इजरायललाई रहम इमानुएलको चेतावनी- अब नि:शर्त अमेरिकी सहायता हुँदैन
सारांश
- अमेरिकी डेमोक्र्याट नेता रहम इमानुएलले इजरायलले अब अमेरिकाबाट बिना सर्तको आर्थिक तथा सैन्य सहयोगको अपेक्षा गर्न नहुने बताएका छन् ।
- उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नीतिको आलोचना गर्दै इजरायल–अमेरिका सम्बन्धलाई नयाँ ढंगले पुनःपरिभाषित गर्नुपर्ने बताएका हुन् ।
- इमानुएलले इजरायलले पश्चिम किनारामा बस्ती विस्तार, गाजामा मानवीय सहायता अवरुद्ध गर्ने प्रयास तथा क्षेत्रीय तनाव बढाउने कार्यले विश्व समुदायमा आफ्नो छवि कमजोर बनाएको बताए ।
अमेरिकी डेमोक्र्याट नेता तथा सन् २०२८ को राष्ट्रपति निर्वाचनका सम्भावित उम्मेदवार रहम इमानुएलले इजरायलले अब अमेरिकाबाट बिना सर्तको आर्थिक तथा सैन्य सहयोगको अपेक्षा गर्न नहुने बताएका छन् । तेल अभिभ विश्वविद्यालयमा दिएको सम्बोधनमा उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नीतिको आलोचना गर्दै इजरायल–अमेरिका सम्बन्धलाई नयाँ ढंगले पुनःपरिभाषित गर्नुपर्ने बताएका हुन् ।
इमानुएलले इजरायलले पश्चिम किनारामा बस्ती विस्तार, गाजामा मानवीय सहायता अवरुद्ध गर्ने प्रयास तथा क्षेत्रीय तनाव बढाउने कार्यले विश्व समुदायमा आफ्नो छवि कमजोर बनाएको बताए । उनले यस्ता गतिविधिलाई अमेरिकाले बिना सर्त समर्थन गर्न नसक्ने स्पष्ट गर्दै अवैध बस्ती विस्तारमा संलग्न व्यक्ति, अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउनुपर्ने धारणा पनि राखे ।
उनको अभिव्यक्तिलाई डेमोक्र्याटिक पार्टीभित्र इजरायलप्रतिको बदलिँदो दृष्टिकोणको संकेतका रूपमा हेरिएको छ । हालै सार्वजनिक सर्वेक्षणहरूमा अधिकांश डेमोक्र्याट समर्थकले अमेरिका इजरायलप्रति अत्यधिक समर्थक रहेको धारणा व्यक्त गरेका छन् । विश्लेषकहरूका अनुसार इमानुएलको यो अभिव्यक्ति सन् २०२८ को अमेरिकी राष्ट्रपति निर्वाचनलाई लक्षित राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण