मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
सारांश
- अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सी अहिले ३९ वर्षका छन् र उनको सङ्केतमा टोलीका अन्य खेलाडीको ध्यान केन्द्रित हुने गर्छ ।
- मेस्सीको खेल क्षमता घटेको छैन र उनी अहिले कुनै दबाब बेगर खेल्छन् किनभने उनलाई अब केही प्रमाणित गर्नुपर्ने छैन ।
- अर्जेन्टिनाको खेल शैली 'कन्ट्रोल्ड पोस्सेसन' अर्थात् नियन्त्रित रूपमा मैदानमा बल आफ्नो सहजतामा राख्ने हो र यो शैली मेस्सीको खेलमा केन्द्रित छ ।
अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सी अहिले ३९ वर्षका छन् । फुटबल मैदानमा जब उनका साथीहरू आपसमा बल आदानप्रदान वा ‘पास’ गरिरहेका हुन्छन्, त्यसबेला मेस्सी या त यताउता हिँडिरहेका हुन्छन् वा उभिइरहेका हुन्छन् ।
आपसमा बल ‘पास’ गरिरहँदा टोलीका अन्य खेलाडीको ध्यान भने उनको सङ्केत के हुन्छ भन्नेमा हुन्छ । जब एकाएक मेस्सी दौडिन थाल्छन्, त्यसको अर्थ हुन्छ– उनले गोल हुने सम्भावना देखेका छन् । साथै अब आफूलाई बल चाहिएको भन्ने सङ्केत दिएका हुन्छन् ।
केही दिन अघि मेस्सीको नयाँ गृहनगर मियामीमा अर्जेन्टिना र केप भर्डेबिचको खेल भयो । खेलमा ‘लेफ्ट–ब्याक’बाट खेल्ने लिसान्द्रो मार्टिनेजले ४० यार्ड टाढाबाट बल निकाले । अन्य खेलाडीका लागि भए टाउको माथिबाट आएको त्यो बल नियन्त्रण गर्ने सम्भावना २५ प्रतिशतमात्रै हुन्थ्यो, तर मेस्सीका लागि त त्यो अवस्था सामान्य दैनिकीजस्तो थियो ।
एक पटकको स्पर्शमै बल नियन्त्रणमा आयो । अर्को स्पर्शमा सिधै केप भर्डेको गोल पोस्टमा पुग्यो । गोल किपर भोजिन्हाले नियन्त्रण गर्न नसकेपछि गोल भयो । मेस्सीका लागि यो गोल जारी प्रतियोगिताकै सातौँ गोल थियो ।
_CU8Rx6iOVG.jpg)
निरन्तरको जितसँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने मुलुक बन्ने दाउमा छ । सन् १९६२मा ब्राजिलले लगातार दोस्रो पटक जितेयता कसैले त्यस्तो अवसर पाएको छैन । अर्जेन्टिनालाई यसपटक फाइनलमा पुग्न पनि धेरै गाह्रो छैन । जुलाई ७ मा अन्तिम १६को खेलमा इजिप्टलाई ३–२ को अन्तरले हराएसँगै अर्जेन्टिनाको क्वाटरफाइनल यात्रा पक्का भएको छ ।
सो खेलबाट मेस्सीले प्रतियोगिताको समग्र गोल सङ्ख्यामा अर्को अङ्क बढाएका छन । पक्कै पनि यो विश्वकप मेस्सीका लागि अन्तिम हो । अबका केही दिन उनको अन्तिम विश्वकपको बाँकी खेल कसरी अघि बढ्छ भन्ने प्रश्न सबैको मनमा छ ।
मेस्सीले आफू अहिलेको समयसम्म विश्वकप खेल्न सक्ने ठानेका थिएनन् । सन् २०२२मा कतारमा भएको विश्वकपमा ३५ वर्षको उमेरमा सेमिफाइनलमा भएको जित पश्चात उनले भनेका थिए, ‘म आफ्नो खेल यात्रालाई विश्वकपको फाइनलमा पुर्याएर अन्त्य गर्न पाउँदा ज्यादै खुसी छु ।’
फ्रान्स विरुद्ध फाइनलमा भएको विजय साँच्चिकै उनले चाहेजस्तै हुन पुग्यो । त्यससँगै उनी सन् १९८६मा म्याराडोनाले आफ्नै बलमा विश्वकप जिताएको विरासतको हाराहारीमा पुगे । केही महिनापछि उनी अमेरिकी फुटबल लिगको ठुलो क्लब इन्टर मियामी पुगे ।
उनको उद्देश्य २० वर्षको गम्भीर खेल पश्चात आरामदायी दैनिकी पाउनु थियो, तर उनले सोचेजस्तो भएन । उनको खेल क्षमता घटेकै थिएन ।
मेस्सी बिरलैमात्रै बोल्छन् । मैले आफ्नो पुस्तकका लागि उनका सहकर्मी खेलाडीहरू, प्रशिक्षकहरू तथा बार्सिलोनाका निर्देशकसँग अन्तर्वार्ता गर्दा उनको जीवनका धेरै सन्दर्भबारे चाल पाएँ । बार्सिलोनामा मेस्सीले हासिल गरेको व्यापक शक्तिका कारण धेरै मानिस उनीसँग डराएको देखिन्थ्यो ।
_KM1TvpUSuJ.webp)
कुनै नयाँ खेलाडीसँग सम्झौता गर्दा वा नयाँ प्रशिक्षक नियुक्त गर्न लाग्दा सबैको मनमा एउटा अनिवार्य प्रश्न थियो ‘मेस्सीले के चाहन्छन् ?’ क्लबको निर्णयबारे मेस्सी खुसी भएको अवस्थामा उनी खुसी भएर वा सोही अनुरुपको अनुहारको भावले थाहा दिन्थे । अर्जेन्टिना जस्तै बार्सिलोना पनि मेस्सीको चाहना वरपर घुम्यो ।
त्यसको सट्टामा मेस्सीले परिणाम दिने दायित्व बहन गरे । खासगरी अर्जेन्टिनाका लागि त उनले सुखद् नतिजा दिने जिम्मेवारी नै लिए । यही बोझ र दबाबका कारण कहिलेकाहीँ खेल सुरु हुनुभन्दा अघि उनले बान्ता समेत गर्थे ।
अहिले भने मेस्सी कुनै दबाब बेगर खेल्छन । उनलाई अब केही प्रमाणित गर्नुपर्ने नै छैन । उनले भने, ‘मलाई भगवानले मनग्य सबैथोक दिए । अब मेरा लागि सबैकुरा रमाइलो मात्रै हो ।’ विश्वकप आफैँमा पनि उनका लागि प्रतिस्पर्धा जस्तो हो । उनी विश्वकपमा बनेका अनेक रेकर्डहरूमा दबदबा कायम गर्छन् ।
२१ गोल गरेर उनले सर्वाधिक गोलकर्ताको कीर्तिमान राखेका छन् । गोलका लागि बल पास गरेर हुने सहयोग पनि उनकै बढी छ । गोलको वातावरण सिर्जना गर्ने पनि उनै हुन् । सबैभन्दा बढी मिनेट खेल्ने कीर्तिमान पनि उनकै छ । विश्वकपको रङ्गशालामा अर्जेन्टिनाको खेल हेर्न आएका धेरै सर्थकहरूको ढाडमा उनकै नाम लेखिएको हुन्छ ।
अचेल उनी स्वाभाविक भन्दा अलि बढी भावनात्मक देखिन थालेका छन् । विमानस्थलमा सुरक्षाकर्मीले अर्जेन्टिनाको फुटबल टिमको झोला खानतलास गर्दा कृष्टियानो रोमेरोले पोलेको मासु खाने चिम्टा भेटियो । त्यो देखेर मेस्सी खित्का छोडेर हाँसे । अल्जेरियासँगको खेलका क्रममा उनी मैदानमै रोए । सम्भवतः उनले आफ्ना बिरामी पितालाई सम्झेर रोएका हुन सक्छन् ।
उनले आफ्ना विपक्षी टिमका खेलाडीको पेटमा टेकेका थिए, तर पनि रेफ्रीले उनलाई कार्ड दिएनन् । मलाई लाग्छ, मेस्सीका लागि फुटबलको नियम नै फरक छ । जस्तै उनीमाथि हुने कुनै पनि प्रकारको ‘फाउल’लाई सहजै ‘फ्रि किक’को अवसर दिइन्छ ।
उनलाई अचेल उन्मुक्त अनुभव हुन्छ किनभने उनको टिम अर्जेन्टिना पूरै उनले चाहेकै तरिकाले खेल्छ । उनी मैदानमा उत्रिएको हरेक खेलमा पक्ष र विपक्ष दुबै टोलीको ‘मेस्सी रणनीति’ हुन्छ । आफ्नो टिम उनको भरपुर प्रयोग गर्न चाहन्छ । उता विपक्षी भने मेस्सीलाई रोक्न खोज्छ ।
अर्जेन्टिनाले वर्षौंदेखि त्यही रणनीति बनाउनमा कमजोरी गर्ने गरेको थियो । कुनै बेला पेरिसको होटलको बारमा अर्जेन्टिनाका प्रशिक्षकले मलाई आफ्नो रणनीति सुनाइरहेका थिए । उता अर्जेन्टिना भने विश्वकप आधा नहुँदै बिदा भएको थियो ।
सन् २०१८मा अर्जेन्टिनाको फुटबल प्रशिक्षकका रूपमा नियुक्त भए पश्चात आफ्नो टिमलाई युरोपको जस्तै छिटो खेल्न लगाउन खोजे, तर नयाँ प्रशिक्षकको विचार मेस्सीलाई मन परेन ।
_d7R4yOGlJE.jpg)
मेस्सीलाई कस्तो खालको शैली मनपर्छ भनेर थाहा पाउन हामीले राकुटेन टेलिभिजनको वृत्तचित्रहरूको सङ्ग्रह हेर्नुपर्छ । त्यसभित्र पनि बार्सिलोनामा रहँदा मेसीले खेल सुरु हुनु अघि टिममा गर्नेखालका कुराकानी हेर्नुपर्छ, जसमा मेस्सीको खेल जीवन, शैली र चिन्तनबारे हेर्न पाइन्छ ।
वृत्तचित्र अनुसार हरेक पटक प्रशिक्षकले आफ्नो धारणा राखिसकेपछि मेस्सी केही कुरा थप्थे । आफ्ना अन्य सहकर्मी खेलाडीहरूलाई उनले धेरै तनाबमा नरहन, शान्त हुन तथा धेरै छिटो नखेल्न सम्झाउँथे ।
सन् २०१९मा लिभरपुलसँगको खेल सुरु हुनु अघि मेस्सीले आफ्नो टिमका खेलाडीहरूलाई लिभरपुलले चाहेजस्तो छिटो शैलीमा नखेल्न सचेत गराएका थिए । अर्जेन्टिनाले बलमा नियन्त्रण कायम गर्न सकेमा खेल नितान्त फरक खालको हुने एवं नतिजा उनीहरूको पक्षमा हुने बताएका थिए ।
आजको दिनमा अर्जेन्टिनाको खेल शैली ‘कन्ट्रोल्ड पोस्सेसन’ अर्थात् नियन्त्रित रूपमा मैदानमा बल आफ्नो सहजतामा राख्ने भन्ने हो । अर्जेन्टिनाका सहायक प्रशिक्षक आफैँमा उपन्यासकार पनि हुन् । उनका अनुसार अर्जेन्टिनाको शैली भनेको छोटो दुरीको पास, बल छुनका लागि आपसमा भेला हुने तथा अर्जेन्टिनी शैलीमा बल छुने हो’ । युरोपेली शैलीको नक्कल गर्ने होइन । सन् २०२२मा उनले मसँगको कुराकानीमा युरोपेली शैली अब पुरानो र असान्दर्भिक हुँदै गएको बताएका थिए ।
_oTOqKWt2nU.jpg)
अर्जेन्टिनाको टिमले मैदानको मध्यभागमा छोटा पासहरूको जालो बुन्छ । उनीहरू बिरलैमात्रै लामो दुरीका छड्के पास वा तीव्र ‘काउन्टर अट्याक’ गर्छन् । मेस्सी मैदानमा आफूलाई मन लागेको ठाउँ वरपर भौतारिरहेका हुन्छन् । कुनैबेला खेललाई प्रभावकारी बनाउन बिचमा आउँछन्, कुनै बेला दाहिनेतर्फ छेउमा हिँडिरहेका हुन्छन् ।
उनी जुनसुकै बेला पनि विपक्षीको पेनाल्टी क्षेत्रमा पुग्न सक्ने भएर बसेका हुन्छन् । अर्जेन्टिनाको आक्रमण त्यही क्षेत्रमा केन्द्रित हुन्छ । छेउमा रहेर खेल्ने खेलाडीहरू विपक्षीलाई झुक्याउने ध्याउन्नमा हुन्छन् । विपक्षी खेलाडीलाई आफू वरपर तानेर मेस्सीको आक्रमण क्षेत्र अर्थात् मध्यभागबाट अन्यत्र पुर्याउन खोज्छन् ।
मेस्सीले अहिले पनि आफ्नो शक्ति गुमाएका छैनन् । उनी बिरलैमात्रै बललाई आवश्यकताभन्दा बढी ‘ड्रिबल’ गर्छन् । बरु उनी पक्का र भरपर्दो गोलकर्ता बन्छन् । त्यस्तो बन्न उनका पोर्चुगलका प्रतिद्वन्द्वी एवं ४१ वर्षीय क्रिष्टियानो रोनाल्डो असाध्यै खोज्छन् ।
यति हुँदा पनि अर्जेन्टिनालाई केप भर्डेसँगको खेलमा ३–२ को जित निकाल्न धौ–धौ भयो । अर्जेन्टिनी टोलीको मेस्सी निर्भरता अर्थात् ‘मेस्सीडिपेन्सिया’ चरम अवस्थामा छ । कुनै पेस बेगर खेल्नु भनेको कमजोरी हो । अर्जेन्टिनाले कमजोर तरिकाले प्रतिरक्षा गर्छ । कमैमात्र दबाब सिर्जना गर्छ ।
यसपटक पनि अर्जेन्टिनाले विश्वकप जित्यो भने त्यो इतिहासमा एउटै व्यक्तिको भरमा हासिल भएको उल्लेखनीय उपलब्धिका रूपमा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण