कस्ता–कस्ता रेकर्ड बनाए एम्बाप्पेले?
सारांश
- फ्रान्सका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकप २०२६ मा मोरक्कोविरुद्ध गोल गर्दै फ्रान्सलाई सेमिफाइनलमा पुर्याएका छन्।
- एमबाप्पेले विश्वकप इतिहासमा पेनाल्टीबाहेक सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा लियोनेल मेस्सीसँग बराबरी गरेका छन्।
- उनले फ्रान्सका लागि सर्वाधिक गोलकर्ता र विश्वकपमा फ्रान्सका सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि बनाएका छन्।
फ्रान्सका कप्तान किलियन एम्बाप्पेलेले फिफा विश्वकप २०२६ मा आफ्नो उत्कृष्ट गोल गर्ने लयलाई निरन्तरता दिएका छन्। बोस्टनमा भएको क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्ने क्रममा उनले एक गोल गर्दै फ्रान्सलाई सेमिफाइनलमा पुर्याए।
खेलको सुरुवातमा नै उनले पेनाल्टीको अवसर गुमाए पनि दोस्रो हाफमा गरेको गोलसँगै विश्वकप इतिहासमा पेनाल्टीबाहेक सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा लियोनेल मेस्सीसँग बराबरी गरेका छन्।
अर्जेन्टिनाका कप्तान मेस्सीजस्तै एम्बाप्पेलेले पनि यस विश्वकपमा व्यक्तिगत तथा राष्ट्रिय स्तरका धेरै कीर्तिमान बराबरी गरेका वा तोडेका छन्। उत्तर अमेरिकामा जारी प्रतियोगितामा उनले बनाएका प्रमुख कीर्तिमानहरू यस प्रकार छन्:
- फ्रान्सका लागि सर्वाधिक गोलकर्ता
एम्बाप्पेलेलाई फ्रान्सको इतिहासकै सर्वाधिक गोलकर्ता बन्न केवल एक विश्वकप खेल पर्याप्त भयो। सेनेगलविरुद्धको उद्घाटन खेलमा गोल गर्दै २७ वर्षीय स्ट्राइकरले ओलिभिए जिरुलाई पछि पार्दै शीर्ष स्थान ओगटेका थिए ।
हाल रियल म्याड्रिडका फरवार्ड एम्बाप्पेलेको नाममा फ्रान्सका लागि ६४ गोल छ। जिरुले ५७ गोल गरेका छन्।
फ्रान्सका सर्वाधिक गोलकर्ताको सूची:
- किलियन एम्बाप्पेले – ६४ गोल
- ओलिभिए जिरु – ५७ गोल
- थिएरी हेनरी – ५१ गोल
- एन्टोइन ग्रिजमान – ४४ गोल

- विश्वकपमा फ्रान्सका सर्वाधिक गोलकर्ता
एम्बाप्पेले विश्वकप इतिहासमा पनि फ्रान्सका सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। सेनेगलविरुद्ध गरेको गोल उनको विश्वकपको १४औँ गोल थियो, जससँगै उनले सन् १९५८ को विश्वकपमा मात्र १३ गोल गरेका जस्ट फन्टेनको ऐतिहासिक कीर्तिमान तोडे। त्यसयता उनले थप ६ गोल गर्दै आफ्नो विश्वकप गोल सङ्ख्या २० पुर्याइसकेका छन्।
- विश्वकपमा सबैभन्दा धेरै पेनाल्टीबाहेकका गोल
मोरक्कोविरुद्ध गरेको गोलसँगै एम्बाप्पेले विश्वकपमा पेनाल्टीबाहेक १७ गोल गर्ने खेलाडी बनेका छन्। यस उपलब्धिमा उनी लियोनेल मेस्सीसँग बराबरीमा छन्। बोस्टनमा भएको उक्त गोलसँगै उनको विश्वकप कुल गोल सङ्ख्या २० पुगेको छ, जुन सर्वकालीन सूचीमा मेस्सीभन्दा केवल एक गोल कम हो।
- विश्वकपको नकआउट चरणमा सर्वाधिक गोल
स्विडेनविरुद्धको खेलमा गरेको पहिलो गोलले एम्बाप्पेलेलाई अर्को ऐतिहासिक उपलब्धि दिलायो। उनी विश्वकपको नकआउट चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने। यस क्रममा उनले ब्राजिलका महान् स्ट्राइकर लियोनिदास र रोनाल्डोलाई पनि पछि पारे। स्विडेनविरुद्ध दुई गोल, त्यसपछि पाराग्वे र मोरक्कोविरुद्ध पनि गोल गर्दै उनले नकआउट चरणमा आफ्नो गोल सङ्ख्या १२ पुर्याएका छन्, जुन विश्वकप इतिहासकै सर्वाधिक हो।

- गोल योगदानमा नयाँ कीर्तिमान
मोरक्कोविरुद्ध उस्मान डेम्बेलेको गोलका लागि एम्बाप्पेलेले दिएको असिस्टले अर्को नयाँ इतिहास रचेको छ। उनी दुई फरक विश्वकपमा कम्तीमा ११ प्रत्यक्ष गोल योगदान (गोल + असिस्ट) गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। कतार विश्वकप २०२२ मा उनले ८ गोल र २ असिस्ट गर्दै १० प्रत्यक्ष योगदान दिएका थिए। यस संस्करणमा भने उनले त्यो कीर्तिमान अझ सुधार गरेका छन्। सन् १९६६ देखि तथ्याङ्क राख्न थालिएयता दुई अलग–अलग विश्वकपमा १० वा सोभन्दा बढी गोल योगदान गर्ने पहिलो खेलाडी पनि उनी नै हुन्।
- फ्रान्सका लागि विश्वकपमा सर्वाधिक सहभागिता
एम्बाप्पेले अहिले फ्रान्सका लागि विश्वकप फाइनल चरणमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानमा पनि बराबरीमा पुगेका छन्। उनले हुगो लोरिससँगै २० विश्वकप खेल खेलेका छन्। साथै, यो उपलब्धि हासिल गर्ने उनी सबैभन्दा कम उमेरका खेलाडी पनि बनेका छन्। फ्रान्स सेमिफाइनलमा प्रवेश गरिसकेको अवस्थामा एम्बाप्पेले टोलीको पहिलो रोजाइमा पर्ने लगभग निश्चित छ। त्यसैले अर्को खेलमै उनले यो कीर्तिमान एकल रूपमा आफ्नो नाममा पार्ने सम्भावना बलियो छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण