मुग्लिन–नारायणगढ सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार, २९ असार २०८३, १५ : २६
सारांश
- निरन्तरको वर्षाका बाबजुद मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन सञ्चालनमा रहेको छ ।
- सडक डिभिजन कार्यालय, भरतपुरले पहिरोको उच्च जोखिम रहेकोले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
- यात्रु तथा सवारी चालकहरूलाई सडक खुला रहे/नरहेको पछिल्लो अपडेट लिन सुझाव दिइएको छ ।
काठमाडौँ । निरन्तरको वर्षामा पनि मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन सञ्चालनमै रहेको छ । सडक डिभिजन कार्यालय, भरतपुरले आज एक सूचना जारी गर्दै उक्त सडक खण्डमा सवारी चलिरहेको जानकारी दिएको हो ।
सो क्षेत्रमा अहिले लगातार पानी परिरहेको छ । वर्षायामको समय भएकाले यस सडक खण्डमा पहिरो खस्ने जोखिम उच्च रहेको भन्दै सडक डिभिजन कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
कार्यालयले भनेको छ, ‘वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्णलाई हार्दिक आग्रह गरिन्छ ।’
पहिरोको उच्च जोखिम रहने यस सडक खण्डमा यात्रा गर्नुअघि अनिवार्य रूपमा सडक खुला रहे/नरहेको पछिल्लो अपडेट लिन सुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्ताउँदैछ चीनको आर्थिक वृद्धिदर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
२४ घण्टाको अवधिमा विपद्का घटनामा ७ जनाको मृत्यु
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
-
खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, युद्ध थप चर्कियो
-
भ्रष्टाचार मुद्दामा सफाइसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण