सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
सारांश
- कप्तान सोनी पाख्रिनको अलराउन्ड प्रदर्शनमा नेपालले एसीसी महिला यू-१९ प्रिमियर कप २०२६ मा हङकङलाई १ सय ८१ रनले हराएको छ ।
- टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पाख्रिनको ९० रनको मद्दतले ६ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।
- यस जितसँगै नेपाल समूह डीमा अपराजित रहँदै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ । कप्तान सोनी पाख्रिनको अलराउन्ड प्रदर्शनको मद्दतले एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा नेपालले आफ्नो विजयी यात्रा जारी राख्दै हङकङमाथि १ सय ८१ रनको सानदार जित हात पारेको छ ।
मंगलबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय १२ रन पछ्याएको हङकङले २० ओभरमा ९ विकेटको क्षतिमा ३० रन मात्र बनाउन सक्यो ।
क्वाललम्पुरस्थित वायुमास क्रिकेट ओभल मैदानमा विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रेको हङकङका ब्याटर नेपाली बलिङसामु निरीह देखिए । कप्तान पाख्रिनले ४ ओभरमा मात्र ४ खर्चेर ४ विकेट लिइन् ।
त्यस्तै, मनिषा उपाध्यायले ४ ओभरमा मात्र १ रन खर्चेर २ विकेट हात पारिन् । करिस्मा गुरुङ र स्नेहा महराले १–१ विकेट लिए ।
हङकङका लागि वोङ विङ क्यू हेलीले ४५ बलमा १३ रन जोडिन् । कप्तान स्टोर्म इमिसे पार्करले ५ रन बनाइन् । हेलीबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो । टोलीका कप्तान सोनी पाख्रिनले ६० बलमा ९० रनको सानदार इनिङ्स खेलिन् । उनले यस क्रममा १३ चौका र १ छक्का प्रहार गरिन् ।
उनले ओपनर सावित्री धामीसँग मिलेर ७५ बलमा १३६ रनको महत्त्वपूर्ण साझेदारी गरिन् । धामीले पनि अर्धशतकीय इनिङ्स खेल्दै मात्र ३६ बलमा ५२ रनको योगदान दिइन् । उनले ६ चौका प्रहार गरिन् ।
विकेटकिपर अलिसा कुमारी यादवले १२ बलमा २३ रन जोडिन् । उनले ३ चौका प्रहार गरिन् ।
समूह डीमा रहेको नेपालको यो लगातार तेस्रो जित हो । जितसँगै नेपाल अपराजित रहँदै समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसअघि, नेपालले पहिलो खेलमा सिंगापुरलाई १ सय ५१ रनको विशाल अन्तरले हराएको थियो । त्यस्तै, दोस्रो खेलमा कतारमाथि १०५ रनको सानदार जित हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
-
बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण