टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय सुनाएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो ।
२३ असारमा अदालतले प्रतिवादी ३१ मध्ये १५ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ र ८ जनाको मुद्दा मुल्तबीमा राख्ने आदेश गरेको थियो ।
अदालतको फैसला अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारीसहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढी ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। यस्तै सजाय पाउनेहरूमा सन्देश शर्मा, आङटावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण र भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई भने २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।
यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापा 'बादल' का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई ४ वर्ष कैद तोकिए पनि उनको उमेर (७५ वर्ष माथि) का कारण सजायमा केही छुट दिइएको छ। उनले अब ३ वर्ष २ महिना १० दिन कैद र ४० हजार रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्नेछ।
यस प्रकरणमा जोडिएका नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण