ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
सारांश
- नेपाली कांग्रेस नेकपा एमालेसँग सत्ता सहकार्यबारे छलफल हुन नसक्दा बिच्किएको छ।
- सत्ता सहकार्यबारे छलफल नभएपछि कांग्रेसले प्रदेश सरकारमा एमालेसँगको सहकार्य तोड्ने तयारी गरेको छ।
- कर्णालीमा कांग्रेसका ४ मन्त्रीले राजीनामा दिइसकेका छन् भने सुदूरपश्चिममा एमालेका मन्त्रीलाई बर्खास्त गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेस नेकपा एमालेसँग बिच्किन पुगेको छ । सत्ता सहकार्यबारे कांग्रेस सभापति गगन थापासहितका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि पटक पटक समय मागे पनि ओलीले भेट्नै नचाहे पछि कांग्रेस बिच्किन पुगेको स्रोतको दाबी छ ।
सत्ता सहकार्यबारे छलफल नै हुन नसकेपछि सहकार्यलाई निरन्तरता दिने नसकिने निष्कर्षमा पार्टी पुगेको कांग्रेसका एक नेताले रातोपाटीलाई बताए । सोहीअनुसार सुदूरपश्चिम र कर्णालीमा सत्ता सहकार्यमा स्पष्ट रुपमा खटपट देखिइसकेको छ । कर्णालीमा कांग्रेसका ४ मन्त्रीले राजनीनामा दिइसकेका छन् भने सुदूरपश्चिममा एमालेका मन्त्रीलाई मुख्यमन्त्री कमल बहादुर शाहले बर्खास्त गरेका छन् । यस्तै बागमतीमा पनि विवाद नै छ ।
यस्तो स्थितिमा कांग्रेसले अब प्रदेश सरकारमा एमालेसँग सहकार्य तोड्ने तयारी गरेको ती नेताको भनाइ छ । त्यसबारे औपचारिक निर्णय नभए पनि सहकार्य तोड्नका लागि अनौपचारिक निर्देशन प्रदेशका दललाई दिइसकेको पदाधिकारी तहका ती नेताले जानकारी दिए ।
‘एमाले नेतृत्व भएको प्रदेशमा हाम्रा साथीहरूले आर्थिक वर्षको बजेट पास गर्न सहयोग गरे; तर हाम्रो नेतृत्व भएकोमा एमालेले सहयोग नगरेपछि गठबन्धन तोड्न बाध्य भयौँ,’ ती पदाधिकारीले रातोपाटीसँग भने ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले प्रदेश सरकार फेरबदलबारे अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापतिबिच सिधासिधा कुरा हुने भएकाले आफूलाई यसबारे धेरै कुरा जानकारी नभएको प्रतिक्रिया दिए । उनले रातोपाटीसँग भने, ‘यसबारे शीर्ष तहमा कुराकानी गरेर अघि बढ्ने सहमति भएको थियो । तर सुदूरपश्चिममा किन एक्कासी मन्त्री कटाउने कार्य भयो थाहा हुन नसकेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण