आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

सरकारलाई बाबुरामको सुझाव–ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ

आइतबार, ०३ साउन २०८३, ०७ : २०
आइतबार, ०३ साउन २०८३

सारांश

  • पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउन सुझाव दिएका छन् ।
  • उनले संविधानको २४५ धारा संशोधन गर्न कार्यदलले दिएको सुझावलाई इङ्गित गर्दै एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि नमरुने र ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुने बताए ।
  • उनले सरकारले देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै ध्यान दिँदा राम्रो हुने र देशभित्रै वार्षिक ८ देखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउन सरकारलाई सुझाव दिएका छन् । 

संविधानको २४५ धारा संशोधन गर्न कार्यदलले दिएको सुझावलाई इङ्गित गर्दै उनले भनेका छन्– एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन । ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ । 

उनी थप लेख्छन्– 'जेनजी विद्रोहको पृष्ठभूमिमा ठुलो जनअपेक्षा सहित सत्तासीन नयाँ सरकारले एकैचोटि धेरैतिर हात हाल्नु सट्टा यतिवेला देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउँदा राम्रो होला ।' 

देशभित्रै वार्षिक ८ देखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्न जे गर्नुपर्छ त्यही गर्दा राम्रो हुने सरकारलाई उनको सुझाव छ । 

bb

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप