१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
सारांश
- नेपाली सैनिक वार कलेजमा सञ्चालित १४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम मंगलबार सम्पन्न भएको छ।
- यस तालिममा महासेनानी प्रशान्त बज्राचार्य समग्रमा प्रथम र महासेनानी प्रकाश थापाले सर्वोत्कृष्ट शोधपत्र पुरस्कार प्राप्त गरेका छन्।
- सैनिक अधिकृतहरूलाई राज्य सञ्चालन, भू-राजनीति, कूटनीति, सैन्य तथा सुरक्षा रणनीति एवं नेतृत्व र व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गर्नु यस तालिमको उद्देश्य हो।
काठमाडौँ । नेपाली सैनिक वार कलेजमा सञ्चालित १४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम मंगलबार सम्पन्न भएको छ।
गत २०८२ चैत १५ गतेबाट सुरु भएको उक्त तालिमको प्रधान सेनापति महारथी अशोक राज सिग्देलले एक कार्यक्रमका बिच समापन गरेका हुन्।
महासेनानी दर्जाका ३५ जना शिक्षार्थीहरूको सहभागिता रहेको यस तालिमको समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी मधुकर सिंह कार्कीले स्वागत मन्तव्य राखेका थिए। तालिममा महासेनानी प्रशान्त बज्राचार्य समग्रमा प्रथम भएका छन् भने सर्वोत्कृष्ट शोधपत्र पुरस्कार महासेनानी प्रकाश थापाले प्राप्त गरेका छन्।
समापन समारोहमा पूर्व प्रधान सेनापतिहरू, रथीवृन्द, अधिकृत लगायत शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो। सैनिक अधिकृतहरूका लागि नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा उच्च स्तरको यस तालिमको उद्देश्य शिक्षार्थीहरूलाई राज्य सञ्चालन, भू-राजनीति, आर्थिक गतिशीलता, राजनीतिक दर्शन, कूटनीति, विश्व व्यवस्था, सैन्य तथा सुरक्षा रणनीति एवं नेतृत्व र व्यवस्थापनसम्बन्धी विषयहरूमा ज्ञान प्रदान गर्नु रहेको छ।
नेपाली सेनामा वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म जम्मा ४१० जना अधिकृतहरू दीक्षित भइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण