राजनीति
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
मङ्गलबार, ०५ साउन २०८३, १९ : २०
सारांश
- प्रदेशहरूमा सत्ता समीकरण फेरबदलको पहल भइरहेकै बेला नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया अघि बढेको बताएका छन्।
- जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य अगाडि बढेको बताए।
- उनले नेपाली कांग्रेससँग पनि छलफल चलिरहेको जानकारी दिए।
जनकपुरधाम । प्रदेशहरुमा सत्ता समीकरण फेरबदलको पहल भइरहेकै समयमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया आधिकारिक रूपमा अघि बढिसकेको बताएका छन्।
मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै संयोजक प्रचण्डले वाम शक्तिहरूबिच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य अगाडि बढिसकेको बताए।
'पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिबिच सहकार्यको वातावरण बनेको छ,' उनले भने । यद्यपि उनले नेपाली कांग्रेससँग पनि छलफल चलिरहेको जानकारी दिए।
प्रचण्ड दुई दिन मधेसमै रहने छन्। यस क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण