मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा

मङ्गलबार, ०५ साउन २०८३, १९ : २०
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • प्रदेशहरूमा सत्ता समीकरण फेरबदलको पहल भइरहेकै बेला नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया अघि बढेको बताएका छन्।
  • जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य अगाडि बढेको बताए।
  • उनले नेपाली कांग्रेससँग पनि छलफल चलिरहेको जानकारी दिए।

जनकपुरधाम । प्रदेशहरुमा सत्ता समीकरण फेरबदलको पहल भइरहेकै समयमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया आधिकारिक रूपमा अघि बढिसकेको बताएका छन्।

मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै संयोजक प्रचण्डले वाम शक्तिहरूबिच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य अगाडि बढिसकेको बताए।

'पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिबिच सहकार्यको वातावरण बनेको छ,' उनले भने । यद्यपि उनले नेपाली कांग्रेससँग पनि छलफल चलिरहेको जानकारी दिए।

प्रचण्ड दुई दिन मधेसमै रहने छन्। यस क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप