टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
सारांश
- टोखा क्षेत्रमा जग्गाको नयाँ सरकारी मूल्याङ्कन कायम भएको छ।
- सरस्वती ग्राण्डीटावरदेखि गणेश मन्दिरसम्मको मूल सडकमा प्रति आना ६९ हजार ९ सय रुपैयाँले मूल्य वृद्धि भएको छ।
- यस वर्ष कुनै पनि क्षेत्रको जग्गाको मूल्य घटाइएको छैन।
काठमाडौँ । टोखा क्षेत्रमा पर्ने जग्गाको नयाँ सरकारी मूल्याङ्कन कायम भएको छ। भूमि प्रशासन कार्यालय टोखाले आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरेको नयाँ दररेटअनुसार टोखा, बुढानीलकण्ठ र तारकेश्वर नगरपालिकाका विभिन्न क्षेत्रको जग्गाको मूल्याङ्कन कायम गरिएको हो।
यस अनुसार जग्गाको सरकारी मूल्य एकमुस्ट वृद्धि भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले साविकको दररेटमा परिमार्जन गर्दै नयाँ मूल्य तोकेको हो। पारित लिखतमा थैली अङ्क कायम गर्ने प्रयोजनका लागि तोकिएको यो नयाँ मूल्यसूची साउन १ गते देखि लागू भइसकेको छ।
नयाँ दररेट अनुसार सबैभन्दा धेरै मूल्य वृद्धि सरस्वती ग्राण्डीटावरदेखि गणेश मन्दिरसम्मको मूल सडकमा भएको छ। सो क्षेत्रमा प्रति आना ६९ हजार ९ सय रुपैयाँले मूल्य बढेको छ।
त्यस्तै, टोखा गणेश मन्दिर गेटदेखि मालुङ चोकसम्म प्रति आना ५९ हजार, तारकेश्वरको फुटुङ र साङ्लाको सिमानादेखि विहानीचोकसम्म प्रति आना ५५ हजार र झोर मालुङचोकदेखि सिमाचौरसम्म प्रति आना ४८ हजार ४ सय रुपैयाँले सरकारी मूल्य बढाइएको छ।
त्यसैगरी, धापासीस्थित ट्रयाक रिङरोडसँग जोडिएका जग्गाको मूल्य प्रति वर्गमिटर ६ हजार ७ सय रुपैयाँले बढेको छ भने खड्का भद्रकाली (बुढानीलकण्ठ) क्षेत्रका पिच सडक जोडिएका जग्गामा प्रति वर्गमिटर ३ हजार ४ सय रुपैयाँ वृद्धि भएको छ। भित्री कच्ची सडक र गोरेटो बाटो भएका जग्गाहरूमा समेत औसतमा ५ प्रतिशतले मूल्य बढाइएको छ।
समितिको निर्णय अनुसार यस वर्ष कुनै पनि क्षेत्रको जग्गाको मूल्य घटाइएको छैन। यदि कुनै कारणले यो वर्षको मूल्याङ्कनमा छुट वा घटी हुन गएको देखिएमा अघिल्लै वर्षको दररेटलाई नै आधार मान्ने निर्णयसमेत गरिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण