कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
सारांश
- कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले देश र लोकतन्त्र सङ्कटमा परेका बेला पार्टीभित्रको एकतालाई मजबुत बनाउन नेतृत्वसँग आग्रह गरेका छन् ।
- उनले विशेष महाधिवेशनबाट आएको समूहले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै विघटन गरिएका साथीहरूलाई सँगै जोड्न नेतृत्वलाई आग्रह गरे ।
- सिटौलाले न्यायपालिका र संवैधानिक निकायहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संविधानको मूल मर्म सङ्कटमा परेको टिप्पणी गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश र लोकतन्त्र सङ्कटमा परेका बेला पार्टीभित्रको एकतालाई मजबुत बनाउन नेतृत्वसँग आग्रह गरेका छन् । बीपी स्मृति दिवसको कार्यक्रममा नेता सिटौलाले विशेष महाधिवेशनबाट आएको समूहले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेता सिटौलाले पार्टीभित्रको आन्तरिक असन्तुष्टि समाधानका लागि आफूहरूले राखेको माग निकै सामान्य रहेको बताए । ‘विशेष महाधिवेशन गरेर विघटन गरिएका साथीहरूलाई सँगै जोडिदिनुस् मात्र भनेका हौँ,’ उनले भने, ‘यति सानो माग पूरा गर्न नेतृत्व किन तयार भइरहेको छैन ? मुलुक र लोकतन्त्र सङ्कटमा परेको यो घडीमा पार्टीलाई एक बनाउन किन कन्जुस्याइँ गरिँदै छ ?’
मुलुकका संवैधानिक अङ्गहरू र न्यायपालिकाको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सिटौलाले संविधानको मूल मर्म सङ्कटमा परेको टिप्पणी गरे । ‘अहिले देशको न्यायपालिका र संवैधानिक निकायहरू कुन अवस्थामा छन् ? के उनीहरूले निष्पक्ष र स्वतन्त्र रूपमा काम गर्न पाएका छन् ?’ सिटौलाले प्रश्न गर्दै भने– ‘संविधानको मूल आत्मालाई जोगाउने मुख्य दायित्व कांग्रेसको हो । तर, सबैलाई बाहिर राखेर केवल विशेष महाधिवेशनबाट आएको नेतृत्वले मात्र यसलाई जोगाउन सक्छ ।’
विगतका द्वन्द्व र सङ्कटहरूको स्मरण गर्दै उनले ऐतिहासिक घटनाहरूले देशलाई ठुलो क्षति पुर्याएको उल्लेख गरे । ‘भदौ २४ गते हाम्रा घर जलेको कुरा सामान्य थियो, तर पूरै देश जल्यो,’ सिटौलाले भने ।
नेपालको लोकतन्त्रलाई संस्थागत गर्न र देशमा विकास तथा समृद्धि ल्याउनका लागि कांग्रेस एकजुट हुनुको विकल्प नभएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण