बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बागमती प्रदेश

मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे

बुधबार, ०६ साउन २०८३, १६ : ५८
बुधबार, ०६ साउन २०८३

सारांश

  • बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले मुख्यमन्त्रीले भेट नदिएपछि मुख्यमन्त्री कार्यालयमै राजीनामापत्र बुझाएर हिँडेका छन् ।
  • राजीनामा दिने मन्त्रीहरूमा कृषि मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार मन्त्री डा। दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ तथा बिना विभागीय मन्त्रीहरू किरण थापा मगर, भरत बहादुर केसी र जयराम थापा रहेका छन् ।
  • एमालेले सरकारलाई दिँदै आएको समर्थन समेत फिर्ता लिएको छ, जसले बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणको बाटो खोलेको छ ।

हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । उनीहरुले राजीनामा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई भेटेर बुझाउन खोजेपनि उनले भेट दिन नचाहेपछि मुख्यमन्त्री कार्यालयमै राजीनामापत्र बुझाएर हिँडेका छन् । बानियाँ भने बुधबार कार्यक्रममा चितवनतिर गएको उनी निकट स्रोतले बतायो । 

राजीनामा दिने एमालेका मन्त्रीहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ छन् । त्यसैगरी बिना विभागीय मन्त्रीहरू किरण थापा मगर, भरत बहादुर केसी र जयराम थापा रहेका छन् । 

२०८२ साउन २० गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठित वर्तमान सरकारमा एमालेका तर्फबाट यी मन्त्रीहरू सहभागी थिए । राजीनामा पत्रमा उनीहरूले आफ्नो कार्यकालभर सहयोग गर्ने मुख्यमन्त्री, प्रदेश सभा सदस्य, कर्मचारी, सञ्चारमाध्यम र प्रदेशवासीलाई धन्यवाद समेत दिएका छन् ।

यस्तै एमालेले सरकारलाई दिँदै आएको समर्थन समेत फिर्ता लिएको छ ।  एमालेका मन्त्रीहरूले सरकार छाडेसँगै बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणको बाटो खुलेको छ ।

751882782_2128249124736703_2753083175502122724_n749878303_922175057570114_8801763324991892075_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप