अपडेट
व्यवसायी शंकर अग्रवाल पक्राउ
बुधबार, ०६ साउन २०८३, १६ : ५९
सारांश
- प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार व्यवसायी शंकर लाल अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरेको छ ।
- शंकर ग्रुपका अध्यक्ष अग्रवाल कर्जा दुरुपयोग सम्बन्धी विचाराधीन मुद्दामा फरार थिए ।
- उनलाई प्रहरीले उच्च अदालत पाटनमा उपस्थित गराउने तयारी गरेको छ ।
काठमाडौँ । व्यवसायी शंकर लाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए ।
एसपी जबराका अनुसार अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार थिए । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् ।
सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । सीआईबीले उनलाई उच्च अदालतमा उपस्थित गराउने भएको छ ।
यसअघि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेर छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण