बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन

बुधबार, ०६ साउन २०८३, १९ : २९
बुधबार, ०६ साउन २०८३

सारांश

  • शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले 'चिल्ड्रेन असिस्टेन्ट प्रोग्राम' अन्तर्गत प्रदान गरिने आर्थिक सहायता रकम परिमार्जन गरेको छ।
  • शल्यक्रियाको प्रकृति र जटिलताका आधारमा तीन श्रेणीमा सहायता रकम उपलब्ध गराइने नयाँ व्यवस्था लागू गरिएको छ।
  • जटिल शल्यक्रियाका लागि अधिकतम ६ लाख ५० हजार रुपैयाँसम्म आर्थिक सहायता दिइनेछ।

काठमाडौँ ।​ शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालित 'चिल्ड्रेन असिस्टेन्ट प्रोग्राम' अन्तर्गत प्रदान गरिँदै आएको आर्थिक सहायता रकम परिमार्जन गरेको छ। 

हाल केन्द्रमा लागु भइरहेको प्रति व्यक्ति दुई लाख ५० हजार  रुपैयाँ सहायता रकम हृदय शल्यक्रियाका लागि अत्यन्त अपुग भएकाले शल्यक्रियाको प्रकृति र जटिलताका आधारमा रकम सीमा पुनरावलोकन गरिएको केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रविन्द्र भक्त तिमलाद्वारा जारी सूचनामा जनाइएको छ।

​नयाँ परिमार्जित व्यवस्थाअनुसार अब मुटुको जटिलताका आधारमा तीन श्रेणीमा सहायता रकम उपलब्ध गराइनेछ। 

जसअनुसार एएसडी, भिएसडी, पिडिए  वा क्लोज्ड हर्ट सर्जरी  र सो सरहको शल्यक्रियाका लागि अधिकतम  दुई लाख ५० हजार रुपैयाँसम्म सहायता दिइनेछ। त्यस्तै,टिओएफ, एभिएसडी, बिडिसिपिएस,सिओए जस्ता शल्यक्रियाका लागि अधिकतम चार लाख ५० हजार सम्म  आर्थिक सहायता उपलब्ध गराइनेछ। 

यस्तै जटिल शल्यक्रियाका लागि अधिकतम ६ लाख ५० हजार रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइने केन्द्रले जनाएको छ।

749514147_1734913874816650_8666689491616134182_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप