स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
सारांश
- पोखराका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप १८ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
- प्रहरीले बुधबार राति पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा चेकजाँच गर्ने क्रममा ती सवारी साधनहरू नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको हो।
- हालसम्म कास्की प्रहरीले सञ्चालन गरिरहेको अभियानअन्तर्गत ७४० वटा सवारी साधन र ३६ जना मानिसलाई नियन्त्रणमा लिई कारबाही गरिसकिएको छ।
पोखरा। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका निकायबाट सञ्चालित अपरेसन ३६५ अन्तर्गत पोखराका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप १८ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बुधबार रातिको समयमा पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा चेकजाँच गर्ने क्रममा ती सवारी साधनहरू नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
सवारी साधन नियन्त्रणमा लिने क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाइड, ड्यामसाइड, बिरौटा र छोरेपाटन क्षेत्रबाट ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। यस्तै वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बागलुङ बसपार्क र हरिचोक क्षेत्रबाट ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार कास्की प्रहरीले सञ्चालन गरिरहेको अभियानअन्तर्गत हालसम्म ७४० वटा सवारी साधन र ३६ जना मानिसलाई नियन्त्रणमा लिई कारबाही गरिसकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण