रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा चीन भ्रमणमा जाने भएका छन् ।
- यो भ्रमण पार्टीगत भए पनि परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको छ ।
- भ्रमणको मिति साउन वा भदौमा तय हुनेछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी चीन भ्रमणमा जाने भएका हुन् ।
परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार सभापति लामिछानेको भ्रमण पार्टीगत हो । तर त्यसमा परराष्ट्र मन्त्रालयले पनि समन्वय गरिरहेको उनको भनाइ छ ।
भ्रमण साउनमा हुने कि भदौमा भन्नेबारे अन्तिम टुंगो लाग्न बाँकी छ । दुवैतर्फको समन्वयमा मिति तय हुने बताउँदै उनले त्यसमा पनि मिति सरकारी तहबाट भन्दा पार्टी तहबाट हुने बताए ।
यसअघि सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणमा पाँच दिने भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्केका थिए । भारतबाट फर्के लगतै सभापति लामिछानेलाई चीन भ्रमणको निम्तो आएको थियो ।
सोही निम्तो अनुसार उनी चीन भ्रमण जान लागेको बताइएको छ । रास्वपाकै विदेश विभाग प्रमुख समेत रहेका परराष्ट्र मन्त्री शिशिर खनालले जेठको अन्तिम सात चीन भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण