शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोलखामा पहिरोमा परेका एक जना पुरुष ३ दिनदेखि बेपत्ता

बिहीबार, ०७ साउन २०८३, १७ : २८
बिहीबार, ०७ साउन २०८३

सारांश

  • दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित मुलखर्कमा साउन ५ गते वर्षाले पहिरो जाँदा ७० वर्षीय पुरुष बेपत्ता भएका छन् ।
  • बेपत्ता पुरुषको खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
  • सोही पहिरोमा अड्किएका सिनर्जी जलविद्युत आयोजनाका ४ जना कर्मचारीलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित मुलखर्कमा वर्षाका कारण पहिरोमा परेका एक जना पुरुष ३ दिनदेखि बेपत्ता छन् । साउन ५ मा वर्षाका कारण आएको पहिरोमा परेर मुलखर्क बस्ने ७० वर्षीय पुरुष बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही पहिरोमा परेर अड्किएका ४ जनाका उद्धार गरिएको छ । सिनर्जी जलविद्युत आयोजनाका ४ जना कर्मचारीको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । 

साउन ५ देखि परेको अविरल वर्षाको कारण पहिरो खसेपछि उनीहरू भीरमा अड्किएका थिए । बुधवार उनीहरूलाई सकुशल उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप