आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

एमालेसँगको सत्ता समीकरणबारे के भन्छन् नारायणकाजी ?

आइतबार, १० साउन २०८३, १३ : ४२
आइतबार, १० साउन २०८३

सारांश

  • नेकपाका नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र एमालेमध्ये एक रोज्नुपर्ने बाध्यात्मक स्थितिमा एमालेसँग सहकार्यका लागि सहमति गरेको बताएका छन् ।
  • प्रदेशसभा विघटन हुन नदिन प्रदेश सरकारमा सहभागी हुने निर्णयमा पुगेको उनको भनाइ छ ।
  • श्रेष्ठले सरकारले सङ्घीयताको सार्थकता बोध गराउने गरी प्रदेश र प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ । नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमाले एउटै सरकारमा बस्दै नबस्ने स्थिति आएपछि  प्रदेशसभा विघटन हुन नदिन प्रदेश सरकारकामा सहभागी हुने निर्णयमा पुगेको बताएका छन् । नेता श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कांग्रेस र एमालेमध्ये एक रोज्नुपर्ने बाध्यात्मक स्थितिमा एमालेसँग सहकार्यका लागि सहमति गरेको बताएका हुन् । 

‘त्यसरी सरकार बनाउँदा नेका र एमालेमध्ये कुनै एउटा सँग सहमति गर्नुपर्ने स्थिति उत्पन्न भएपछि वामपन्थी शक्तिसँग सहकार्य गर्ने पार्टीको नीति अनुसार हिजोको सहमति भएको हो’, श्रेष्ठले भनेका छन् ।

पूर्वमन्त्री समेत रहेका श्रेष्ठले अब प्रदेशहरूमा सरकार गठन गर्ने प्रक्रियामा अघि बढिरहँदा सुरुबाटै विगतका कमजोरीहरू दोहोरिन नदिन सङ्कल्प गर्नु पर्ने पनि बताएका छन् । 

‘हाम्रो सरकार, मुख्यमन्त्री वा मन्त्रीहरूले सङ्घीयताको सार्थकता बोध गराउने गरी प्रदेश र प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’, श्रेष्ठले भनेका छन्, ‘सरकारको नीति, कार्यक्रम र निर्णयहरू संविधानले निर्देश गरे अनुरूप समाजवाद उन्मुख समृद्धिको पक्षमा कसरी बनाउने र सरकारका मन्त्रीहरूको जीवन आचरण ,कार्यशैली र संस्कृति कसरी वामपन्थी सरकारको मन्त्रीहरूको जस्तो बनाउने भन्नेमा केन्द्रित हुनुपर्दछ ।’

उनले यस सवालमा कुनै सम्झौता वा हेलचेक्र्याइँ हुन हुन नहुनेमा पनि जोड दिएका छन् ।

753681940_1043654111491561_6055099369425217916_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप