यो आर्थिक वर्षमा ७९ सहसचिव अनिवार्य अवकाशमा जाँदै, कुन समूहबाट को को ? (सूचीसहित)
सारांश
- चालु आर्थिक वर्ष २०८३/०८४ मा निजामती सेवाका ७९ जना सहसचिवहरू अनिवार्य अवकाशमा जाँदैछन् ।
- अवकाश हुनेहरूमा प्रशासन सेवाका सबैभन्दा धेरै ४१ जना रहेका छन्, जसको प्रभाव गृह मन्त्रालय, विभिन्न मन्त्रालय र प्रदेश सचिवको रूपमा पर्नेछ ।
- इन्जिनियरिङ र न्याय सेवाका क्रमशः १४ र ८ जना सहसचिवहरूको अवकाशले भौतिक पूर्वाधार, विकास निर्माण, न्याय सम्पादन र कानुनी परामर्श क्षेत्रमा प्रभाव पार्ने देखिएको छ ।
काठमाडौँ । निजामती सेवाको नीति निर्माण र कार्यान्वयनको माथिल्लो तहमा रहेका ७९ जना सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) हरूले चालु आर्थिक वर्ष २०८३/०८४ मा अनिवार्य अवकाश पाउने भएका छन् ।
अवकाश हुनेहरूको सूचीमा प्रशासन, इन्जिनियरिङ, न्याय र परराष्ट्रलगायतका सेवा समूहका रहेका छन् ।
राष्ट्रिय किताबखाना (निजामती)को रेकर्ड अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा धेरै नेपाल प्रशासन सेवाका सहसचिवहरू अवकाशमा जाँदैछन् । प्रशासन सेवाबाट ४१ सहसचिव अनिवार्य अवकाशमा जाँदैछन् । प्रशासन सेवा समूहमा सामान्य प्रशासन र लेखा समूहसमेत समावेश छ ।
नेपाल इन्जिनियरिङ सेवा अन्तगर्तका सिभिल, हाइड्रोपावर, केमेस्ट्री लगायतका उप–समूहअन्तर्गतका १४ जना, नेपाल न्याय सेवा अन्तर्गतका सरकारी वकिल र न्याय समूह ८ जना, नेपाल वन सेवाका ५ जना, नेपाल परराष्ट्र सेवाका ४ जना, नेपाल कृषि सेवाका २ जना, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल शिक्षा सेवा, नेपाल लेखा परीक्षण सेवा र संघीय संसद सेवाका १/१ जना अनिवार्य अवकाशमा जाँदै छन् ।
अवकाश पाउने ७९ मध्ये आधाभन्दा बढी (४१ जना) प्रशासन सेवाका छन् । यस सेवाका कर्मचारीहरू गृह मन्त्रालय अन्तर्गतका प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रालयका सहसचिव र प्रदेशका सचिवका रूपमा कार्यरत छन् ।
इन्जिनियरिङ सेवाका १४ जना सहसचिवहरू (सुपरिटेन्डेन्ट इन्जिनियर/सहसचिव) अवकाश हुँदा भौतिक पूर्वाधार र विकास निर्माणका क्षेत्रमा प्रभाव पार्नेछ । त्यस्तै, न्याय सेवा र सरकारी वकिल समूहका ८ जना सहसचिवहरूको अवकाशले न्याय सम्पादन र कानुनी परामर्शको क्षेत्रमा समस्या आउने देखिन्छ ।
अवकाशमा जाने सहसचिवहरू :
नेपाल प्रशासन सेवा (४१ जना)
१ हेमराज सुवेदी, सहसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
२ सरोज प्रसाद गुरागाई, प्रमुख प्रशासकीय अधिकृत, काठमाडौँ महानगरपालिका
३ मनोज कुमार आचार्य, सहसचिव, रक्षा मन्त्रालय
४ श्रीकृष्ण नेपाल, सहसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
५ तुलसी नाथ गौतम प्रदेश सचिव, प्रदेश लोक सेवा आयोग, लुम्बिनी
६ ओम बहादुर खड्का प्रदेश सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी
७ जय कुमार घिमिरे सहसचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर
८ विनोद लामिछाने प्रदेश सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका
९ सन्तोष कुमार दाहाल सहसचिव, राष्ट्रपतिको कार्यालय
१० चन्द्र बहादुर शिवाकोटी उप–महानिर्देशक, वैदेशिक रोजगार विभाग
११ लेखनाथ ज्ञवाली सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
१२ हरिशरण पुडासैनी सहसचिव, राष्ट्रिय योजना आयोगको सचिवालय
१३ रुद्र प्रसाद लामिछाने सहसचिव, थारु आयोग, काठमाडौँ
१४ सुशील ढकाल सहसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
१५ हरि प्रसाद घिमिरे प्रमुख जिल्ला अधिकारी, दोलखा
१६ खिम बहादुर रायमाझी प्रदेश सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका
१७ रुद्रप्रसाद पण्डित सहसचिव, खानेपानी मन्त्रालय
१८ लक्ष्मी प्रसाद निरौला महावाणिज्यदूत, नेपाली महावाणिज्यदूतावास, ल्हासा
१९ प्रदीप कुमार कोइराला सहसचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
२० शिवराम गेलाल प्रमुख जिल्ला अधिकारी, झापा
२१ दीपक राज नेपाल प्रमुख जिल्ला अधिकारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
२२ राजेन्द्र देव पाण्डे सहसचिव, नेपाल ट्रष्टको कार्यालय
२३ केदार नाथ शर्मा सहसचिव, अर्थ मन्त्रालय
२४ तेजप्रसाद दाहाल सहसचिव, लोक सेवा आयोग केन्द्रीय कार्यालय
२५ बासुदेव दहाल प्रमुख जिल्ला अधिकारी, पाँचथर
२६ चन्द्र प्रसाद भुसाल प्रमुख प्रशासकीय अधिकृत, घोराही उप–महानगरपालिका
२७ जनार्दन गौतम प्रमुख जिल्ला अधिकारी, कपिलवस्तु
२८ वेदप्रसाद खरेल कार्यकारी अधिकृत, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र
२९ कृष्ण प्रसाद आचार्य प्रमुख जिल्ला अधिकारी, बागलुङ
३० बाबुरम भण्डारी सहसचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
३१ रमेश न्यौपाने सहसचिव, राष्ट्रिय सूचना आयोग
३२ रामहरी ज्ञवाली सहसचिव, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय
३३ शिव प्रसाद चौधरी सहसचिव (लेखा), लोक सेवा आयोग, सुर्खेत
३४ बसन्त अधिकारी प्रमुख जिल्ला अधिकारी, मकवानपुर
३५ कृष्ण बहादुर शाही प्रदेश सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौँडा
३६ मदन कोइराला प्रमुख जिल्ला अधिकारी, कञ्चनपुर
३७ पदमकुमार श्रेष्ठ उप–महानिर्देशक, आन्तरिक राजश्व विभाग
३८ ज्ञानेन्द्र पौडेल सहसचिव, रक्षा मन्त्रालय
३९ विनोद बहादुर कुँवर सहसचिव, राष्ट्रिय समावेशी आयोग
४० राम प्रसाद आचार्य सहसचिव, सार्वजनिक खरीद अनुगमन कार्यालय
४१ गोपाल प्रसाद अर्याल सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
४२ राजेन्द्र कुमार के.सी. सहसचिव, जिल्ला निर्वाचन कार्यालय, काठमाडौँ
नेपाल इन्जिनियरिङ सेवा (१४ जना)
१ दीपककुमार दास सहसचिव, सहरी विकास मन्त्रालय
२ कृष्णप्रसाद सापकोटा सहसचिव, नापी विभाग
३ शैलेशकुमार झा सहसचिव, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
४ पुष्करप्रसाद पोखरेल प्रदेश सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर
५ महेश चन्द्र न्यौपाने सहसचिव, सहरी विकास मन्त्रालय
६ हरिकुमार पोखरेल सुपरिटेन्डेन्ट इन्जिनियर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
७ मनिषकुमार अग्रवाल सहसचिव, भौतिक पूर्वाधार (पुल)
८ सुमनकुमार रेग्मी सहसचिव, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय
९ श्याम किशोर यादव उप–महानिर्देशक, विद्युत विकास विभाग
१० चुम्बहादुर ओली प्रदेश सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बुटवल
११ उमेश बिन्दु श्रेष्ठ उप–महानिर्देशक, सडक विभाग, बबरमहल
१२ चकाजी महर्जन महा–निर्देशक, सहरी विकास तथा भवन निर्माण विभाग
१३ प्रभात कुमार सिंह उप–महानिर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभाग
१४ कुशाङ शेर्पा आयोजना निर्देशक, जलश्रोत तथा सिँचाइ विभाग
नेपाल न्याय सेवा (८ जना)
१ घनश्याम ओझा सह–न्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय
२ गोपाल लामिछाने सह–न्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय
३ गंगा प्रसाद पौडेल सह–न्यायाधिवक्ता, विशेष सरकारी वकील कार्यालय
४ कोमल बहादुर खत्री सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
५ हरिप्रसाद रेग्मी सह–न्यायाधिवक्ता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
६ हरिप्रसाद जोशी सह–न्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय
७ विश्व जंग सिजापति रजिस्ट्रार, उच्च अदालत जनकपुर
८ जनक सिंह बोहरा रजिस्ट्रार, उच्च अदालत दिपायल
नेपाल वन सेवा (५ जना)
१ रविन्द्र महर्जन महा–निर्देशक, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र
२ दीर्घनारायण कोइराला प्रदेश सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी
३ दीपक ज्ञवाली उप–महानिर्देशक, वन तथा भू–संरक्षण विभाग
४ राजेन्द्र कुमार बासुकला उप–महानिर्देशक, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र
५ राम चन्द्र कँडेल सहसचिव, वन तथा वातावरण मन्त्रालय
नेपाल परराष्ट्र सेवा (४ जना)
१ भृगु ढुंगाना सहसचिव, परराष्ट्र मन्त्रालय
२ गणेश प्रसाद ढकाल सहसचिव, परराष्ट्र मन्त्रालय
३ भरत कुमार रेग्मी राजदूत, संयुक्त राष्ट्रसंघीय कार्यालय, भियना
४तिर्थराज अर्याल महा–निर्देशक, राहदानी विभाग
अन्य सेवा (६ जना)
१ रमेश प्रसाद मैनाली (शिक्षा) सचिव (सहसचिव स्तर), भाषा आयोग
२ पशुपति ढुंगाना (कृषि) प्रदेश सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर
३ टिकाराम शर्मा (कृषि) प्रमुख, कृषि विभाग, ललितपुर
४ शरदकुमार शर्मा (आर्थिक योजना/तथ्यांक) सहसचिव, राष्ट्रिय तथ्याकं कार्यालय
५ जयराम घिमिरे (लेखा परीक्षण) नायब महालेखा परीक्षक, महालेखा परीक्षकको कार्यालय
६ कान्छा दुलाल (संघीय संसद) सहसचिव, संघीय संसद सचिवालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण