आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार

आइतबार, १० साउन २०८३, १७ : ०५
आइतबार, १० साउन २०८३

सारांश

  • पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग ३-२ को सेटमा पराजित भएको छ ।
  • यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।
  • प्रतियोगितामा नेपाल, आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन् ।

काठमाडौँ ।  पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार चौथो खेलमा पराजित भएको छ । आज भएको आफ्नो चौथो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भयो ।

बङ्गलादेशले दोश्रो सेट २५–१९, तेश्रो सेट २५–२३ र पाँचौ तथा अन्तिम सेट १५–११ ले जित्यो । नेपालले पहिलो सेट २५–१८ र चौथो सेट २५–२३ ले जित्यो । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कम भएको छ । लगातार चार खेलमा पराजित हुँदै तीन अंक जोडेपछि नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको हो ।

नेपालले उद्घाटन खेलमा काजकिस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग पनि ३–२ र तेस्रो खेलमा आयोजक पाकिस्तानसँग ३–० को सोझो सेटमा हार बेहोरेको थियो । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा उज्वेकिस्तानसँग भोलि खेल्ने तालिका छ । नेपाली टोलीको कप्तानी हरिहजुर थापाले गरेका छन् भने मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन् ।

प्रतियोगितामा नेपाल, आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन् । सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप