देशभर मनसुनको प्रभाव : सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
सारांश
- देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
- हाल कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
- लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ भने कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड एवम् तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
यतिबेला देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशको हिमाली र पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ। मधेस र कोशी प्रदेशका तराई भू-भागमा भने आंशिक बदली रहनेछ।
आज देशका हिमाली भू-भागका केही स्थान र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना देखिएको छ।
महाशाखाका अनुसार कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड एवम् तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षा र चट्याङ्गको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो
-
झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
-
ओलीले प्रचण्डलाई भने : अहिल्यै एकता गर्दा कुरा बिग्रन्छ कि !
-
दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद
-
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
-
युक्रेनमा सन् २०२२ यताकै सबैभन्दा धेरै नागरिक हताहत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण