मानवअधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छ : प्रदेश प्रमुख कर्ण
जनकपुरधाम । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मानव अधिकारको प्रभावकारी संरक्षणका लागि प्रदेश सरकारले छुट्टै मानव अधिकारसम्बन्धी ऐन ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक), सबल नेपाल र मुक्ति नेपाललगायत संस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा आजदेखि सुरु भएको मधेस प्रदेश मानव अधिकार सम्मेलनको उद्घाटन गर्दै उनले समतामूलक समाज निर्माणका लागि नागरिक समाज, नागरिक अगुवा र राज्य सबै मिलेर अघि बढ्नुपर्ने बताए ।
प्रदेश प्रमुख कर्णले विश्व प्रविधिमा तीव्र फड्को मारिरहेको अवस्थामा पनि नेपाली समाजमा देखिएका जातीय विभेद र महिलामाथिको हिंसाका घटनलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता भएको बताए । उनले प्रदेश सरकारले मानव अधिकार संरक्षणका लागि ठोस कानुनी आधार तयार गर्नुपर्ने भन्दै सम्मेलनबाट सरकारलाई आवश्यक नीति तथा सुझाव प्राप्त हुने अपेक्षा व्यक्त गरे ।
मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री शारदा थापाले हरेक नागरिक सुरक्षित र सक्षम नभएसम्म मानव अधिकारको अभियान जारी रहने बताए । प्रतिनिधिसभा सदस्य गणेश विश्वकर्माले दलितमाथिको विभेद, महिला हिंसा, हरवा–चरवा, सुकुम्वासीलगायत समस्यालाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने धारणा राखे ।
राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले नागरिकको अधिकारको रक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गरे । सम्मेलनमा मधेस प्रदेशका आठवटै जिल्लाका मानव अधिकारकर्मीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण