राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउन माग
सारांश
- राष्ट्रिय अनुसन्धान विभागलाई पुनः गृह मन्त्रालय मातहत ल्याउनुपर्ने मागसहित ३ सांसदले विशेष सेवा ऐन, २०४२ को संशोधन विधेयकमा ३ संशोधन दर्ता गराएका छन् ।
- सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागको प्रशासनिक नेतृत्व र ऐन प्रारम्भ हुने मितिका विषयमा संशोधन प्रस्तावहरू प्रस्तुत गरेका छन् ।
- सांसद सुशील खड्काले विधेयक प्रमाणीकरण भएको एकतिसौँ दिनदेखि प्रारम्भ हुनुपर्ने माग राखेका छन् ।
काठमाडौँ । ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ मा ३ सांसदले ३ संशोधन दर्ता गराएका छन् ।
राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को प्रशासनिक नेतृत्व र ऐन प्रारम्भ हुने मितिका विषयमा सांसदहरूले संशोधन हालेका छन् ।
सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हटाएर पुनः गृह मन्त्रालय मातहत ल्याउनुपर्ने संशोधन सांसद गणेश बहादुर विश्वकर्मा दर्ता गराएका छन् । ‘सेवा सम्बन्धी कार्य सञ्चालन गर्न नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय अनुसन्धान विभागको स्थापना हुनेछ’ भन्ने प्रावधान राख्नुपर्ने विश्वकर्माको संशोधन छ ।
सांसद युवराज दुलालले मूल ऐनको दफा ४(१) मा रहेको ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’ भन्ने शब्दहरू हटाई त्यसको सट्टा ‘गृह मन्त्रालय’ राख्नुपर्ने प्रस्ताव गरेका छन् ।
विधेयकको प्रारम्भका विषयमा सांसद सुशील खड्काले संशोधन प्रस्ताव राख्दै यो ऐन प्रमाणीकरण भएको ‘एकतिसौँ दिनदेखि’ प्रारम्भ हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११४ बमोजिम यी संशोधन प्रस्तावहरू अब संसदीय प्रक्रियामा अघि बढ्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग
-
युक्रेनलाई इरानको कडा चेतावनी
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण