मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमका जनताको सपनामाथि तुसारापात नगर्न महरको चेतावनी

सोमबार, ११ साउन २०८३, १४ : ०३
सोमबार, ११ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता नैनसिंह महरले सुदूरपश्चिमका जनताको दशकौँदेखिको सपना गेटा मेडिकल विश्वविद्यालय र स्तरीय अस्पतालको स्थापना भएकाले यसको कार्यान्वयनमा अब कुनै पनि प्रकारको ढिलाइ हुन नहुने बताएका छन्।
  • महरले गेटा मेडिकल विश्वविद्यालयमार्फत एमबीबीएस अध्ययन तत्काल सञ्चालन गरिनुका साथै कम्तीमा ३०० शय्याको आधुनिक अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका हुन् ।
  • उनले सुदूरपश्चिमका विद्यार्थीलाई आफ्नै प्रदेशमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर उपलब्ध गराउनुका साथै स्थानीय नागरिकलाई सहज, सुलभ र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न गेटा मेडिकल विश्वविद्यालय र अस्पतालको प्रभावकारी सञ्चालन अपरिहार्य रहेको बताए।

काठमाडौँ । नेपाली कांगेसका नेता नैनसिंह महरले सुदूरपश्चिमका जनताको दशकौँदेखिको सपना गेटा मेडिकल विश्वविद्यालय र स्तरीय अस्पतालको स्थापना भएकाले यसको कार्यान्वयनमा अब कुनै पनि प्रकारको ढिलाइ हुन नहुने बताएका छन्। 

महरले गेटा मेडिकल विश्वविद्यालयमार्फत एमबीबीएस अध्ययन तत्काल सञ्चालन गरिनुका साथै कम्तीमा ३०० शय्याको आधुनिक अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका हुन् ।

‘गेटा केवल एउटा अस्पतालको विषय होइन, यो सुदूरपश्चिमका लाखौँ नागरिकको स्वास्थ्य, चिकित्सा शिक्षा र समग्र विकाससँग जोडिएको राष्ट्रिय गौरवको परियोजना हो,’ महरले भने, ‘यसलाई कुनै बहाना बनाएर अल्झाउने वा जनताको सपनामाथि तुसारापात गर्ने काम कसैले गर्नु हुँदैन।’

उनले सुदूरपश्चिमका विद्यार्थीलाई आफ्नै प्रदेशमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर उपलब्ध गराउनुका साथै स्थानीय नागरिकलाई सहज, सुलभ र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न गेटा मेडिकल विश्वविद्यालय र अस्पतालको प्रभावकारी सञ्चालन अपरिहार्य रहेको बताए।

महरले सरकार, सम्बन्धित मन्त्रालय, विश्वविद्यालय तथा सबै सरोकारवाला निकायलाई आवश्यक कानुनी, प्रशासनिक र बजेटीय व्यवस्था मिलाउन आग्रह गरे। गेटा मेडिकल विश्वविद्यालयबाट एमबीबीएस कार्यक्रम र ३०० भन्दा बढी शय्याको अस्पताल सेवा तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनको जोड छ।

‘सुदूरपश्चिमका जनताको लामो सङ्घर्ष र अपेक्षासँग जोडिएको स्वास्थ्य र शिक्षा जस्तो अहम् विषयलाई अन्योलमा राख्ने छुट कसैलाई छैन,’ महरले थपे, ‘सरकारले जनभावनाको सम्मान गर्दै शीघ्र निर्णय गरी जनताको सपना साकार पार्नुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप