सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
सारांश
- सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थानीयले मोटरसाइकल जलाएका छन् ।
- हिन्दु र मुस्लिम समुदायबीचको झडप नियन्त्रण गर्ने क्रममा गोली चल्दा ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।
- घटनापछि कप्तानगञ्जसहित आसपासका बजार क्षेत्रमा कर्फ्यु र दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा स्थानीयले मोटरसाइकल जलाएका छन् । सुरक्षाकर्मीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित समूहले वडा नम्बर–३ का अध्यक्षको घरमा गएर मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनी गर्नेहरूलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
हिन्दु र मुस्लिम समुदायको बिचमा भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी चलाएको गोली लागेर मेहताको मृत्यु भएको हो । उनको शव विराटनगरस्थित न्युरो अस्पतालमा राखिएको छ । उनलाई १ गोली लागेको सुनसरीका एक जना सुरक्षा अधिकृतले बताए । सो घटनामा थप दुई जना गम्भीर घाइते छन् । उनीहरूलाई पनि गोली लागेको बताइएको छ । गम्भीर दुई जनाको विराट नर्सिङ होममा उपचार हुँदैछ ।
कप्तानगञ्ज घटनापछि स्थानीय प्रशासनले ४ वटा बजार क्षेत्रमा कर्फ्यु लगाएको छ । हरिनगरा बजार, घुटाहा बजार, कप्तानगंज, घुस्की र देवानगंज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै, दुई वटा गाउँपालिकामा स्थानीय प्रशासनले ५ जनाभन्दा बढी मानिस भेला हुने नदिने गरी निषेध आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सुनसरीको हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकामा निषेध आदेश जारी गरेका हुन् ।
झडप नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीका १० जना सुरक्षाकर्मी घाइते भएका सशस्त्र प्रहरी बलका एक जना अधिकृतले बताए । उनले भने, ‘एक जनालाई टाउकोमा ६ वटा टाँका लगाइएको छ । प्रहरीका इन्स्पेक्टर राकेश राईसहित १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले रातोपाटीलाई बताए । कप्तानगञ्जस्थित मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिमको बिचमा विवाद सुरु भएको थियो । त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दुको झन्डा राखेको विषयमा विवाद थप चर्किएको सुरक्षा अधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय
-
प्रस्तावित निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको संसदीय सुनुवाइ भोलि
-
भोलि बेलुकासम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने, अहिलेसम्म छैन सुरसार
-
फिफाको आलोचना गर्नुको सट्टा ध्यान, प्रार्थना वा फुटबल हेर्नुहोस् : अध्यक्ष इन्फान्टिनो
-
नेपाल एसबिआई बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा चार वटा अवार्डबाट सम्मानित
-
दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण