सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा

सोमबार, ११ साउन २०८३, १३ : २४
सोमबार, ११ साउन २०८३

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबिच झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि गाउँपालिकाले दुई दिन शोक बिदा दिएको छ ।
  • कप्तानगञ्ज बजारमा आइतबार राति दुई समुदायबिचको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने प्रहरीसहित २२ जना घाइते भएका थिए ।
  • घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो ।

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबिच झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि गाउँपालिकाले दुई दिन शोक बिदा दिएको छ ।

देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज बजारमा आइतबार राति दुई समुदायबिचको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने प्रहरीसहित २२ जना घाइते भएका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार र मङ्गलवार दुई दिन शोक बिदा दिने निर्णय गरेको हो ।

घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले सोमबार ५ सदस्यीय छानबिन समिति गठन गरेको छ भने स्थानीयले कर्फ्यु तोड्दै सोमबार प्रदर्शन गरेका छन् ।

755440456_2345020212967866_2739979441593133839_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप