डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
सारांश
- पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले चासो फिर्ता लिएपछि यान डिओमान्डे रियल म्याड्रिडसँग व्यक्तिगत सर्तहरूमा सहमत भएका छन्।
- लिभरपुल र पीएसजीको प्राथमिकतामा परेका डिओमान्डेका लागि रियलले १०० मिलियन पाउन्डभन्दा बढी रकम तिर्नेछ।
- डिओमान्डेले गत सिजन १२ गोल गर्नुका साथै आठवटा गोलका लागि अवसर सिर्जना गरेका थिए।
म्याड्रिड । पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले आफ्नो चासो फिर्ता लिएपछि आरबी लेइपजिगका विङ्गर यान डिओमान्डे रियल म्याड्रिडसँग व्यक्तिगत सर्तहरूमा सहमत भएका छन्।
आइभोरी कोस्टका १९ वर्षीय यी अन्तर्राष्ट्रिय खेलाडी यसअघि लिभरपुल र पीएसजीको प्राथमिकतामा परेका थिए। लिभरपुलले गत जुनमा राखेको ६९ मिलियन पाउन्डको सुरुआती प्रस्ताव अस्वीकृत भएको थियो।
त्यसपछि लिभरपुल अन्य खेलाडीको खोजीमा लाग्यो भने पीएसजीले पनि रियल म्याड्रिडसँग प्रतिस्पर्धा नगर्ने निर्णय गरेको छ। आइतबार डिओमान्डेका लागि पीएसजीले गरेको १०२.५ मिलियन पाउन्डको अन्तिम प्रस्तावसमेत अस्वीकृत भएको बताइएको छ।
त्यसयता रियल म्याड्रिडले उनीसँग व्यक्तिगत सर्तहरू तय गरेको छ। इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्गमको सम्झौतालाई आधार मानेर यो प्रस्ताव तयार पारिएको हो। यसमा प्रदर्शनका आधारमा प्रोत्साहन भत्ता दिइने र प्रत्येक वर्ष सम्झौताको रकम वृद्धि हुँदै जाने व्यवस्था छ।
गत ग्रिष्मऋतुमा स्पेनिस क्लब लेगानेसबारे पाँच वर्षका लागि लेइपजिग आएका डिओमान्डेका लागि रियलले १०० मिलियन पाउन्डभन्दा बढी रकम तिर्नेछ। रियल म्याड्रिडनिकट स्रोतका अनुसार मुख्य मध्यस्थकर्ता जोसे एन्जेल र जुनी कालाफाटले करिब पाँच वर्षदेखि उनको निरीक्षण गरिरहेका थिए। यद्यपि विश्वकपमा डिओमान्डेको प्रदर्शनका आधारमा मात्र यो निर्णय लिइएको होइन।
लेइपजिगले ती फरवार्डलाई जर्मनीमै राख्न निकै प्रयास गरेको थियो। तर युरोपका शीर्ष क्लबहरूको असाधारण चासो र सम्भावित कीर्तिमानी बिक्री मूल्यका कारण त्यो प्रस्ताव अस्वीकार गर्न कठिन भएको हो।
डिओमान्डे सन् २०२५–२६ सिजनको बुन्डेसलिगाका उदीयमान खेलाडी बनेका थिए। उनले गत सिजन १२ गोल गर्नुका साथै आठवटा गोलका लागि अवसर सिर्जना गरेका थिए।
उनी सन् २०२५ मा आफ्नो जन्मभूमि आइभोरी कोस्टबाट संयुक्त राज्य अमेरिकाको एक एकेडेमीमा पुगेका थिए। त्यसपछि उनी स्पेनिस टोली लेगानेसमा आबद्ध भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
-
ट्रम्पसँग भेटवार्ता गर्न इजरायली प्रधानमन्त्री अमेरिका प्रस्थान
-
नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण