गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
सारांश
- गामा एसियन च्याम्पियनसिपमा भाग लिन नेपाली मिक्स मार्सल आर्ट टोली मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।
- यो प्रतियोगिता जुलाई २८ देखि अगस्ट २ सम्म सञ्चालन हुनेछ, जसमा नेपालसहित २२ राष्ट्रका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
- प्रकृति राई, रचना सिल्वाल, एलिस भोम्जन र सन्नी सिंह सुनारले विभिन्न तौल समूहमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
काठमाडौँ । गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली मिक्स मार्सल आर्ट टोली त्यसतर्फ प्रस्थान गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना हुने गामा एसियन च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने सोमबार नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रतियोगिताको लागि ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा मिक्स मार्सल आर्ट (गामा) नेपालका अध्यक्ष विनोद महर्जनको नेतृत्वमा खेलाडी र अफिसियलको टोली मलेसिया प्रस्थान गरेको हो । मलेसिया एसोसिएसनको निमन्त्रणामा हुन लागेको उक्त च्याम्पियनसिप आगामी जुलाई २८ देखि अगस्ट २ सम्म सञ्चालन हुनेछ ।
उक्त च्याम्पियनसिपमा नेपालका तर्फबाट प्रकृति राई, रचना सिल्वाल, एलिस भोम्जन र सन्नी सिंह सुनारले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। टोलीको अफिसियलतर्फ सागर चित्रकार, राज महर्जन र उमेश महर्जन रहेका छन् ।
मलेसिया प्रस्थान गर्नुअघि आयोजित एक कार्यक्रममा बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलाडी तथा अफिसियलहरूलाई बिदाइ गरेका थिए ।
टोली नेता विनोद महर्जनका अनुसार उक्त प्रतिष्ठित एसियन च्याम्पियनसिपमा नेपालसहित कुल २२ राष्ट्रको सहभागिता रहनेछ। नेपाली टोलीले पदक जित्ने लक्ष्यका साथ तयारी गरेको महर्जनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
-
ट्रम्पसँग भेटवार्ता गर्न इजरायली प्रधानमन्त्री अमेरिका प्रस्थान
-
नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार
-
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित
-
‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण