दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन
पर्सा। स्वास्थ्यकर्मीले चिकित्सकमाथि भएको आक्रमणको विरोधमा दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै आज घण्टाघरमा विरोध प्रदर्शन गरेका छन्।
यहाँस्थित नारायणी अस्पतालमा उपचारका क्रममा शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएको थियो।
बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि गरेको आक्रमणको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन् । पटेलको मृत्युको कारण चिकित्सकको लापरबाहीले भएको आरोप उहाँका परिवारका सदस्य तथा आफन्तले लगाउँदै आएका छन्।
आकस्मिक कक्षमा कार्यरत चिकित्सक (मेडिकल अफिसर) डा प्रमोद राम गम्भीरमाथि आक्रमण हुँदा उनी घाइते भएका छन्।
घाइते चिकित्सकको अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । प्रदर्शनकारीले दोषीलाई कानुन बमोजिम कारबाही हुनुपर्ने र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
सहभागीले ‘दोषीलाई कारबाही गर’, ‘निलम्बन फिर्ता गर’ र ‘डाक्टर प्रमोदलाई न्याय दे’ लेखिएका प्ले कार्ड बोकेका थिए। अस्पतालले छानबिन समिति गठन गरेको छ। साथै उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआउञ्जेलसम्म जिम्मेवारीबाट हटाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण