नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
काठमाडौँ । विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यावसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अस्ट्रेलियाको सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ।
जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशबाट आएका करिब ४०० नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ तथा नीति निर्माता सहभागी भएका थिए।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घको अन्तर्राष्ट्रिय कार्य समितिको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ अस्ट्रेलियाको व्यवस्थापनमा सम्पन्न सम्मेलनमा नेपाल र अष्ट्रेलियाका सरकारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिनिधिसहित ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले विभिन्न विषयमा आफ्नो अनुभव र धारणा राखेका थिए।
सम्मेलनलाई नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विदेशमा रहेका नेपाली उद्यमी तथा लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे।
नेपालमा लगानीका लागि वातावरण क्रमशः अनुकूल बन्दै गएको उल्लेख गर्दै उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा लगानीमैत्री नीतिलाई थप प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए।
‘नेपालमा लगानीका लागि सकारात्मक वातावरण निर्माण भइरहेको छ। विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालसँग जोड्न म सम्पूर्ण नेपाली उद्यमीलाई आग्रह गर्छु। नेपाली उद्यमलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सक्ने नीतिगत सुधारमा सरकार गम्भीरतापूर्वक अघि बढिरहेको छ,’ अर्थमन्त्री वाग्लेले भने।
दुई दिने सम्मेलनमा एआई, डिजिटल अर्थतन्त्र, स्टार्टअप इकोसिस्टम, नवप्रवर्तन, लगानी, वित्तीय पहुँच तथा विश्वव्यापी व्यवसाय विस्तारका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल छलफल आयोजना गरिएको थियो।
छलफलमा एआईले सिर्जना गरिरहेका अवसर, नेपाली स्टार्टअपको अन्तर्राष्ट्रिय सम्भावना, प्रविधिमा आधारित उद्यम विकास, लगानी आकर्षण तथा विश्वभर रहेका नेपाली उद्यमीबिच सहकार्य विस्तारका विषयमा व्यापक बहस भएको थियो।
फिनेका अध्यक्ष गोकर्ण ढकालका अनुसार सम्मेलनले विश्वभर फैलिएका नेपाली युवा उद्यमीबिच व्यावसायिक सञ्जाल विस्तार, लगानी साझेदारी, ज्ञान तथा प्रविधि आदान–प्रदान र नेपाल केन्द्रित लगानी प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
‘सम्मेलनमार्फत भविष्यमा नेपाली उद्यमलाई विश्व बजारसँग अझ प्रभावकारी रूपमा जोड्ने, अन्तर्राष्ट्रिय साझेदारी बढाउने तथा नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ,’ उनले भने।
आगामी सम्मेलन सन् २०२८ मा चीनको गन्जाउमा आयोजन गर्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियाे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण