३ वर्षमा सकिनुपर्ने रसुवागढी एकीकृत भन्सार भवन १० वर्षसम्म अधुरै (तस्बिरहरू)
सारांश
- रसुवागढी नाकामा एकीकृत भन्सार भवनको निर्माण कार्य १० वर्षदेखि अधुरै रहेको छ, जुन ३ वर्षमा सक्ने लक्ष्य थियो ।
- निर्माण कम्पनीले ६ देखि ८ महिनामा काम सक्ने भन्दै थप समय मागेको छ, तर कार्यालयले काम नसके ठेक्का तोड्ने योजना बनाएको छ ।
- गृहमन्त्री सुधन गुरुङले नाकामै पुगेर कामदारको संख्या बढाएर निर्माण कार्य द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिएका छन् ।
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन निर्माणाधीन छ । ३ वर्षमा सक्ने गरी २०७३ सालमा निर्माण सुरु भएकोमा १० वर्ष भइसक्दा पनि सकिएको छैन ।
यहाँ सुरक्षा निकायका लागि दुई वटा र भन्सारको एउटा भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि २०७३ सालमा ५४ करोड रुपैयाँमा श्यामसुन्दर–रबिना जेभीले ठेक्का लिएको थियो । ३ वटा भवन ३ वर्षमा बनाउने सम्झौता थियो ।
हालसम्म भवन निर्माणमा ६५ प्रतिशत भौतिक प्रगति भएको सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख शशिन्द्र घिमिरेले बताए । उनकाअनुसार निर्माण कम्पनीले ६ देखि ८ महिनामा सक्ने भनेर फेरि थप समय मागेको छ ।
_mGl3EuVndt.jpg)
कम्पनीले पनि तदारुकता नदेखाउने, कामदार नटिक्ने, बाढी पहिरोलगायत कारणले भवन निर्माणमा ढिलाइ भएको हो । अन्तिम एकपटक म्याद थप्ने र काम नसकिए ठेक्का तोड्ने योजनामा कार्यालय छ ।
पूर्वाधार विकास मन्त्रालय र सहरी विकास तथा भवन निर्माण विभागबाट पनि काम नसके ठेक्का तोड्न निर्देशन आएको उनले बताए । ‘पहिला जे भएपनि २०८० पछि कामले गति लिनुपर्ने हो । यहाँ जोखिमपूर्ण ठाउँ भएर कामदार पनि भाग्ने रहेछन्,’ घिमिरेले थपे, ‘हामीले अहिले काम छिटो सक्नु भनेर प्रेसर गरेका छौँ । नसकिए ठेक्का तोड्छौँ भनेका छौँ ।’
_k7DwyiX4qA.jpg)
एकीकृत भन्सार भवनमा भन्सार, अध्यागमन, सुरक्षा निकाय, क्वारेन्टाइन, जाँच चौकी, बैंकलगायत संरचना रहन्छन् ।
ठेक्का सम्झौता भएको पहिलो डेढ वर्ष अदालतमा रिट परेर निर्माण अघि बढ्न सकेको थिएन । अर्को निर्माण कम्पनीले आफूले ठेक्का पाउनुपर्ने दाबी गर्दै सर्वोच्च अदालतमा रिट हालेको थियो । ०७५ जेठमा रिट खारेज भएपछि निर्माण कम्पनीले काम गर्ने बाटो खुलेको थियो ।
_dnMASTHMul.jpg)
भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न गृहमन्त्री सुधन गुरुङले नाकामै पुगेर निर्देशन दिएका छन् ।
गत शनिबार नाकामा पुगेका उनले कामदारको संख्या बढाएर द्रुत गतिमा निर्माण कार्य अगाडि बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरे । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
_zV3AL5O6QX.jpg)
_uqHcCNj7Z1.jpg)
_AaHPxN4VIr.jpg)
_fBJkb4T5LE.jpg)
_arUYaFx8pI.jpg)
_3Wl6XrwqEG.jpg)
_BNBCITiO98.jpg)
_Roay8yJA9R.jpg)
_Am228UVj87.jpg)
_kMpjkYHcHz.jpg)
_6EbqOBum1a.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण