मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोला (मुग्लिन बजार नजिकै) मंगलबार पटक–पटक खसेको सुक्खा पहिरो पन्छाएर सडक पुनः सञ्चालनमा ल्याइएको छ ।
मंगलबार बिहान ७ः३० बजे अवरुद्ध बनेको सडक करिब ५ घण्टाको लगातार प्रयासपछि दिउँसो सञ्चालनमा ल्याइएको थियो । तर, सडक सञ्चालन भएको डेढ घण्टा बित्न नपाउँदै पुनः सोही ठाउँमा अर्को सुक्खा पहिरो खसेको थियो । दोस्रो पटक खसेको पहिरोलाई करिब १ घण्टा पन्छाएर दिउँसो ४ः१५ बजेदेखि आवागमन पुनः सञ्चालन गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी दिँदै सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले पहिरो खसेको स्थान बिल्कुलै नयाँ भएकाले जोखिम अझै कायम रहेको बताएका छन् ।
उनले भने, ‘अहिले पहिरो पन्छाएर सडकमा गाडी सञ्चालनमा ल्याइसकेका छौँ । तर यो पहिरो खसेको क्षेत्र बिल्कुलै नयाँ स्थान हो । यहाँ अझै पनि पहिरो झर्न सक्ने र जोखिम उच्च रहने अनुमान गरेका छौँ । त्यसैले यात्रा गर्दा सुरक्षाको दृष्टिकोणलाई ख्याल गर्दै चालकलाई एक लेनमा, हतार नगरिकन र धैर्यताका साथ सवारी चलाउन विशेष अनुरोध गर्दछौँ ।’
नयाँ स्थानमा पहिरो खसेकाले सडक डिभिजनले सो क्षेत्रमा मेसिन र जनशक्ति तयारी अवस्थामा राखेको छ । यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई सडकको अवस्था बुझेर र सतर्कता अपनाएर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण