लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
सारांश
- केन्द्रको नयाँ राजनीतिक समीकरण अनुसार लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ।
- कांग्रेसका पाँच मन्त्रीहरूले मुख्यमन्त्रीसमक्ष सामूहिक राजीनामा बुझाएका छन्।
- कांग्रेस बाहिरिएसँगै लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार गठनको तयारी सुरु भएको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसँगै मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन्।
राजीनामा दिने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।
केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो। त्यसअनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका हुन्।
कांग्रेस सरकारबाट बाहिरिएसँगै अब लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संयुक्त सरकार गठनको तयारी अघि बढेको छ।
नयाँ मन्त्रीहरूको नियुक्ति, मन्त्रालयको बाँडफाँट तथा सरकार गठनका विषयमा दुवै दलका शीर्ष नेतृत्वबिच छलफल भइरहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण