भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा
भारतका सडक यातायातमन्त्री नितिन गडकरीले आफूलाई देशको इथानोल मिश्रण कार्यक्रमसँग जोडेर सामाजिक सञ्जालमा मानहानिपूर्ण सामग्री प्रसारण गरिएको भन्दै मेटासहितका ठूला प्रविधि कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।
गडकरीले बम्बे उच्च अदालतमा दायर गरेको मुद्दामा ११ करोड भारतीय रुपैयाँ (११ लाख ४० हजार अमेरिकी डलर) क्षतिपूर्तिको माग गरेको उनको कार्यालयले जनाएको छ ।
उनले सामाजिक सञ्जालमा प्रसारित सामग्रीले आफूलाई सरकारको ‘ई–२०’ इथानोल मिश्रित पेट्रोल नीतिका लागि व्यक्तिगत रूपमा जिम्मेवार रहेको र आफू तथा आफ्नो परिवारले त्यसबाट आर्थिक लाभ लिएको भनी गलत आरोप लगाइएको बताएका छन् ।
भारत सरकारले आयातित इन्धनमाथिको निर्भरता घटाउने र कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले पेट्रोलमा २० प्रतिशतसम्म इथानोल मिश्रण गर्ने ‘ई–२०’ नीति कार्यान्वयन गरिरहेको छ । उक्त नीतिविरुद्ध सामाजिक सञ्जालमा विभिन्न पोस्ट तथा भिडियो भाइरल भएका छन् । ती सामग्रीमा इथानोल मिश्रित पेट्रोलले सवारीसाधनको इन्जिनमा क्षति पुर्याउने र कम इथानोल मिश्रणका लागि बनाइएका सवारीसाधनको मर्मत खर्च बढाउने दाबी गरिएको छ ।
गडकरीले आफूविरुद्ध प्रसारित ‘डिपफेक’ सामग्री र भिडियोले आफ्नो प्रतिष्ठामा अपूरणीय क्षति पुर्याइरहेको दाबी गरेका छन् ।
मुद्दामा फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटासहित ‘एक्स कर्प’, गुगललगायत कम्पनीलाई विपक्षी बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गडकरीको मुद्दाबारे प्रतिक्रिया माग्दै एएफपीले गरेको अनुरोधमा मेटाबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।
भारत फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताको सङ्ख्याका दृष्टिले मेटाका लागि प्रमुख बजारमध्ये एक हो । भारतीय सरकारले सामाजिक सञ्जाल प्लेटफर्ममाथिको नियमनसमेत विस्तार गर्दै आएको छ र आपत्तिजनक सामग्री हटाउन तथा सरकारी निर्देशन पालना गर्न ती कम्पनीलाई निर्देशन दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण