काठमाडौंको रातोपुलबाट वाइसिएलका केन्द्रीय सदस्य पक्राउ
काठमाडौं । प्रहरीले योङ कम्युनिष्ट लिग (वाईसिएल) सिन्धुलीका अध्यक्ष पुष्पराज श्रेष्ठलाई काठमाडौंबाट गिरफ्तार गरेको छ । मंगलबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई काठमाडौंको रातोपुलबाट गिरफ्तार गरेको हो ।
वाइसिएलका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठमाथि प्रहरीले ठेक्केदारमाथि धम्क्याएको आरोपमा गिरफ्तार गरेको जनाएको छ । श्रेष्ठले केही समय अघिदेखि आफ्नो घर निर्माण गर्न ठेक्केदारलाई जिम्मा दिएका थिए । ठेक्केदारले त्यसबापतको पैसा माग्दा उल्टै पेस्तोल देखाएर धम्की दिएको प्रहरीको आरोप छ ।
लामो समयदेखि गुन्डागर्दी गर्दै आएका श्रेष्ठ तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आएसँगै आफ्ना कर्तुतबाट चोखिन सो पार्टीमा लागेको जनाइएको छ ।
वाईसिएल तत्कालीन नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन हो । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपनि वाइसिएल र युथफोर्सबीच भने एकता प्रक्रिया जारी छ ।
श्रेष्ठले यसअघि एउटा अपहरण, ४ वटा ज्यान मार्ने उद्योग र २ वटा सार्वजनिक अपराधमा सजाय भुक्तान गरिसकेका छन् । उनी सिन्धुली कमलामाई नगरपालिका–५ का स्थायी बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण