सन्नी भन्छिन्, ‘नेपाली चलचित्रको हिस्सा बन्न पाउँदा खुसी छु’
एजेन्सी । बलिउड नायिका सन्नी लियोनी चाँडै नै नेपाली चलचित्रको हिस्सा बन्दै छिन् ।
उनले ‘पासवर्ड’ नामक नेपाली चलचित्र अभिनय गर्न लागेकी हुन् । एबी इन्टरनेशनलले पहिलो पटक निर्माण गर्न लागेको ‘पासवर्ड’मा सन्नीको आइटम डान्ससमेत रहने बताइएको छ ।
यसबारेमा ट्वीट गर्दै सन्नीले भनेकी छिन्, ‘बहुप्रतिक्षित नेपाली चलिचित्र ‘पासवर्ड’ को डान्स नम्बरमा हिस्सा बनाउँदा म निकै खुसी छु ।’
‘सन्नी यसका लागि उत्साहित छिन् र नेपाली चलचित्रलाई माया गर्नुपर्छ भन्ने मन बोकेकी बलिउड अभिनेत्री हुन’ यसअघि एबी इन्टरनेशनलले जारी गरेको विज्ञप्तिमा पनि भनिएको थियो ।
सन्नीले चलचित्रका मुख्य अभिनेता बिक्की जोशीसँग स्क्रिन सेयर गर्ने बताइएको छ ।
निर्माण पक्षका अनुसार फिल्मको ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने चलचित्रले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्ष कथाको रुपमा उठाउने निर्माण कम्पनीको भनाई रहेको छ ।
I am so happy to be part of this amazing dance Number from the most awaited upcoming Nepali Film “Password” !!
— Sunny Leone (@SunnyLeone) November 1, 2018
Produced by AB INTERNATIONAL and ODDBALL MOTION PICTURES.#Password #NepaliFilm #ABInternational@OddballIndia @iNitinUpadhyaya @ASRspeaks
फिल्ममा सन्नी र विक्की जोशीसहित दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङको, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेतको समेत अभिनय रहनेछ ।
सस्पेन्स, एक्सन र थ्रीलर जनरामा बन्ने चलचित्र सम्राट बस्नेतले निर्देशन गर्न लागेका हुन् । उनको यो निर्देशनमा डेब्यु चलचित्र हो । यसअघि उनले दर्जनौं चलचित्रमा एक्सन र कोरियोग्राफी गरेका छन् ।
अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
अमित बस्नेत र हिरल जोशी निर्माता रहेको चलचित्रमा सौरभ लामाको छायांकन सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेतको लेखन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण