डिसेम्बर अन्त्यमा कपिलको ‘कमब्याक’
मुम्बई –कमेडी किङ कपिल शर्माका फ्यानका लागि खुसीको खबर हुनसक्छ । उनी यो वर्षको अन्त अर्थात डिसेम्बरमा पुनः टेलिभिजनमा कमब्याक गर्दैछन् ।
डिप्रेशन र विवादमा फसेका उनी पुरानै कमेडी सो मार्फत कमब्याक गर्न लागेका हुन् ।
कपिल पछिल्लो समय गर्ल फ्रेण्डसँगको विवाहको कारण चर्चामा छन् ।
कपिल कमेडी शो ‘द कपिल शर्मा शो’को दोस्रो सिजनका साथ कमब्याक गर्न लागेका हुन् । उनको यो शो निर्माण बलिउडका दबंग खान सलमान खानले गर्दैछन् ।
शो २३ डिसेम्भर देखि सोनी टिभीबाट प्रसारणमा आउँनेछ । सोमा कपिलका साथ चर्चित कमेडियन भारती सिंह, कृष्णा अभिषेक, चन्दन प्रभाकर, कीकु शरदा र सुमोना चक्रवर्ती समेत देखिदै छन् ।
फ्यानका लागि यो कार्यक्रम मानोरञ्जनको पुरै डोज हुने बिश्वास निर्माण पक्षको रहेको छ ।
शोका फम्र्याट पनि पुरानै रहनेछ । शोका लागि सेट मुम्बईको फिल्म सिटीमा बन्ने छ । जहाँ घर बजार समेत देखाइने छ, भने फरक फरक भुमिकामा कलाकार समेत प्रस्तुत हुनेछन् ।
अहिले चर्चा छ, शोको पहिलो भागमा सलमान खाना अतिथि रहनेछन् । तर शोका निर्माता शाहरुख ल्याउने तरखरमा छन् ।
शारुखका साथ शोमा कट्रीना कैफ र अनुष्का शर्मा पनि सहभागी हुन सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण