विवाहपछि प्रियंका र निकलाई हेर्न एयरपोर्टमा भीड
मङ्गलबार, १८ मङ्सिर २०७५, ०९ : ०९
प्रियंका चोपडा आफूभन्दा १० वर्ष कान्छो अमेरिकी गायक निक जोनससँग विवाह बन्धनमा बाँधिएकी छिन् । विवाह पछि श्रीमान्–श्रीमती निक–प्रियंकाले पहिलो पटक क्यामरामा पोज दिए ।
नवविवाहित जोडीलाई हेर्न जोधपुर एयरपोर्टमा अत्यधिक मानिसहरुको उपस्थिती थियो । प्रियंका र निकले त्यहाँ उपस्थित सबैलाई हात जोडेर अभिवादन गरे ।
प्रियंकाले पिकक कलरको साडी लगाएकी थिइन्, सिउँदोमा सिन्दुर हालेकी थिइन्, मंगलसूत्र लगाएकी थिइन् र रातो चुरा पनि । यस्तै निक लाइट ब्राउन कलरको पहिरनमा देखिएका थिए ।
निक–प्रियंका सोमबार दिउँसो दिल्ली पुगेका छन् । दिल्लीमा दुबैले डिसेम्बर चारमा एउटा रिसेप्सन दिनेछन् । साथै मुम्बईमा हुने भनिएको रिसेप्सनको मिति अहिले नै सार्वजनिक भएको छैन ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण