प्रियंका– निकको विवाहमा किन विरोध नै विरोध ?
प्रियंका चोपडा र निक जोनसको विवाहको जताततै चर्चा छ । एकातर्फ विवाहको भव्य प्रवन्ध मिलाइएको भन्दै उपस्थित पाहुनाको चर्चा भइरहेको छ भने अर्कोतर्फ आलोचना पनि भइरहेको छ ।
सोसल मिडियामा विवाहमा आतिशबाजीका लागि ट्रोलको सामना गरिरहेकी प्रियंका चोपडाले अब विवाहमा हात्ती–घोडाको प्रयोग गरेको भन्दै पशुअधिकारका लागि काम गरिरहेको पेटाले आलोचना गरेको छ ।
पेटाले ट्वीट गरेको छ, ‘प्रिय, प्रियंका चोपडा र निक जोनस । तपाईंहरुले आफ्नो विवाहमा बाँधिएका हात्तीको प्रयोग गर्नुभयो । घोडाको प्रयोग गर्नुभयो जसलाई निकै क्रुरतापूर्वक नियन्त्रण गरिन्छ । आजकाल मानिसहरु जनावरमाथि यात्रा गर्न अस्विकार गरिरहेका छन् र विवाहमा पनि घोडाको प्रयोग गरिरहेका छैनन् । तपाईंलाई बधाइ तर हामीलाई अफसोस छ कि यो जनावरका लागि राम्रो दिन रहेन ।’ यो ट्वीटसँगै पेटाले एउटा भिडियो पनि सेयर गरेको छ जसमा विवाहमा प्रयोग गरिने घोडालाई कसरी प्रताडित गरिन्छ भनेर देखाइएको छ ।
Dear @priyankachopra and @nickjonas. Eles 4 weddings live n chains & horses r controlled w whips, spiked bits. Ppl r rejecting ele rides: https://t.co/Gea5jvP6LP & having horse-free weddings. Congrats, but we regret it was not a happy day for animals. pic.twitter.com/p9FFeJ969B
— PETA India ❤️❤️ (@PetaIndia) December 3, 2018
यसका साथै, विवाहमा आतिशबाजीका लागि पनि सोसल मिडिया प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन् । उनको विवाहमा उम्मेद भवन प्यालेस बाहिर भव्य आतिशबाजीको दृश्य देखिएको थियो । उक्त आतिशबाजीको भिडियोसँगै सोसल मिडियामा प्रियंकाको एउटा पुरानो भिडियो पनि सेयर भइरहेको छ जसमा उनले मानिसहरुलाई प्रदुषण फैलने भएकाले दिवालीमा पटाखा नपड्काउन आग्रह गरेकी थिइन् ।
PCbe like "It's applicable only on Diwali not only my wedding" 😂😂 #PriyankaNickWedding https://t.co/0Vp2ka0GYz
— karthikeyan (@karthikeyan1591) December 2, 2018
Dear @nickjonas this is your wife @priyankachopra see her double standard.
— Ekansh Bansal 🐦 (@ca_ekansh) December 2, 2018
Is fire work at your wedding ceremony eco-friendly? #PriyankaKiShaadi #PriyankaNickWedding
Shame on #PriyankaChopra pic.twitter.com/s0lTetC5Tv
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण